IME Life

स्टक ब्रोकर एशोसिएशनमा सर्वसम्मत, मैनाली बने नयाँ अध्यक्ष

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । स्टक ब्रोकर एशोसिएशन अफ नेपालको आज सम्पन्न भएको २६ औं साधारणसभाले सर्र्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ ।

शुक्रबार काठमाडौंमा सम्पन्न भएको २६ औं वार्षिक साधारण सभाबाट सर्वसम्मत रुपमा ब्रोकर नम्बर ३६, सेक्यूर्ड सेक्यूरिटिज लिमिटेडका अध्यक्ष सन्तोष मैनालीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । संघको विधान अनुसार मैनाली आगामी दुई वर्ष अध्ययन बन्ने छन् । उनी यसअघिको कार्य समितिमा महासचिव थिए ।

Crest

आज निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्षमा धर्मराज सापकोटा, महासचिवमा गुणनिधि भुसाल, सचिवमा रणदेव पन्त, कोषाध्यक्षमा भक्तिराम घिमिरे र सदस्यहरुमा रवीन्द्र श्रेष्ठ, फणीन्द्र ढकाल, सुयोग खनाल, मित्रलाल श्रेष्ठ र मदन पौडेल निर्वाचित भएको संघले जनाएको छ । संघको साधारणसभामा बैंकलाई लाईसेन्स दिने विषय मुख्य रुपमा उठेको छ ।
नव निर्वाचित कार्यसमितिले आजै शपथ ग्रहण गरी कार्यभार सम्हालेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS