IME Life

९ बीमा कम्पनीहरुको ५ अर्ब ६५ करोडको आइपिओ आउँदै

SPIL
NIC ASIA

काठमाडौं । नयाँ बीमा कम्पनीहरुको ५  अर्ब ६५  करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर जारी हुन बाँकी रहेको छ । बीमा समितिको प्रावधान अनुसार निर्जीवन बीमा कम्पनीहरुको पूँजी १ अर्ब र जीवन बीमा कम्पनीहरुले भने २ अर्ब रुपैयाँ पुराउँनुपर्नेछ । त्यसको लागी कम्पनीहरुले ३० प्रतिशत सेयर सर्वसाधारणको  लागी छुटाउँनु पर्नेछ ।

नेपालमा अहिले ४० वटा बीमा कम्पनीहरु सञ्चालित छन् । जसमध्ये  १०  वटा नयाँ जीवन कम्पनी र  ३  वटा नयाँ निर्जीवन बीमा कम्पनी सञ्चालित छन् । युनियन, ज्योति, आईएमई, रिलायन्स, रिलायवल, सिटिजन, सानिमा, प्रभु , सन नेपाल र महालक्ष्मी लाइफ इन्स्योरेन्स नयाँ जीवन बीमा कम्पनी हुन् भने सानिमा जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र जनरल इन्स्योरेन्स  कम्पनी नयाँ निर्जीवन बीमा कम्पनी हुन् ।

Prabhu
Crest

नयाँ बीमा कम्पनी मध्ये अजोड, सानिमा जनरल , जनरल इन्स्योरेन्स कम्पनी नेपाल र रिलायन्स लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई शेयर जारी गरिसकेका छन् भने  बाँकी ९  वटा नयाँ बीमा कम्पनीहरुले ५  अर्ब ६५ करोड ५० लाखको आइपिओ जारी गर्न बाँकी रहेको छ जसमा सिटिजन लाइफले ७५ करोड , आईएमई लाइफले ६० करोड, ज्योति लाइफले ६६ करोड,  महालक्ष्मी लाइफले ६० करोड, प्रभु लाइफले ६० करोड , रिलायवल नेपाल लाइफले ६० करोड, सानिमा लाइफले ६० करोड, सन नेपाल लाइफले ६० करोड र  युनियन लाइफले ६४ करोड ५० लाख रुपैंयाको आइपिओ जारी  गर्नेछन्  ।

आईपिओ जारी भएपछि जीबन बीमा कम्पनीहरु सानिमा , प्रभु , रिलायवल, आईएमई ,महालक्ष्मी र सन् नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब पुग्नेछ । त्यसैगरी सिटिजन लाईफ इन्स्योरेन्सको २ अर्ब ५० करोड,  ज्योति लाईफको २ अर्ब २० करोड , युनियन लाईफ इन्स्योरेन्सको २ अर्ब १५ करोड  रुपैयाँ पूँजी पुग्नेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS