IME Life

अन्तर्राष्ट्रिय जगतमा पुनर्बीमा कम्पनीको उपस्थिति दर्शाउन जरुरीः सचिव पुडासैनी

SPIL
NIC ASIA

क्षमता अभिबृद्धि गर्दै अन्तर्राष्ट्रिय स्तरको कम्पनी बनाउने प्रतिबद्धता

काठमाडौं । अर्थमन्त्रालयका राजश्व सचिव रामशरण पुडासैनीले नेपाल पुनर्बीमा कम्पनीले अन्तर्राष्ट्रिय जगतमा शाखा कार्यालय र सम्पर्क स्थापना गरी पुनर्बीमा व्यवसाय अघि बढाउनु पर्ने बताएका छन् ।

नेपाल पुनर्बीमा कम्पनीको ७ र्औ बार्षिकोत्सवको अवसरमा आयोजित डिजिटल कार्यक्रममा सम्बोधन गर्दै राजश्व सचिव पुडासैनीले पुनर्बीमा कम्पनीले आफ्नो कोषमा जम्मा गरेको रकम पूर्वाधार तथा अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकेमा उपयुक्त हुने बताएका छन् ।

Prabhu
Crest

सचिव पुडासैनीले पुनर्बीमा कोषमा रहेको रकम परिचालन सम्बन्धमा बीमा समितिले आवश्यक मार्गप्रशस्त गर्नुपर्ने हुनसक्ने बताएका छन् ।

उनले भने, ‘नेपाल पुनर्बीमा कम्पनीको वित्तीय क्षमतामा अभिबृद्धि गर्नुपर्दछ । पुँजिबृद्धि गरेर वित्तीय क्षमता अझै बृद्धि गर्नुपर्दछ । जनशक्तिको क्षमता विकास र तालिममा ध्यान दिनुपर्छ । कर्पोरेट गभर्नेन्स, ग्राहकहरुसँग गर्ने व्यवहार र शुसासनमा ध्यान दिन जरुरी छ ।’

उनले पुनर्बीमा नीति सम्बन्धी मस्यौदा मन्त्रिपरिषदमा पेश गरिएको र सो नीति पास भएर आएपछि सोही बमोजिम सञ्चालन गरिने बताए । बीमा क्षेत्रको कोषको रकम लगानी गर्ने सम्बन्धमा सरकारले थप क्षेत्रमा लगानी गर्दा राम्रो हुने उनले सुझाव दिएका छन् ।

कार्यक्रममा जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डेले पुनर्बीमा कम्प्नीलाई अन्तर्राष्ट्रिय जगतमा विस्तार गर्दा विदेशी मुद्रा आर्जन भई देशको अर्थतन्त्रमा बलियो बनाउन भूमिका खेल्ने बताए । उनले पुनर्बीमा कम्पनीबाट प्रवाह हुने सेवाहरु छिटो, छरितो, प्रतिस्पर्धी र पारदर्शी बनाउनु पर्ने बताए ।

कार्यक्रममा नेपाल बीमक संघका अध्यक्ष दीप प्रकाश पाण्डेले कोरोना भाइरसको संक्रमणको कारण अन्तर्राष्ट्रिय रुपमा आर्थिक जोखिम बढिरहेको सन्दर्भमा आगामी दिन चुनौतिपूर्ण भएपनि नेपाल पुनर्बीमा कम्पनीले उत्कृष्ट कार्य गरेको बताए । उनले कर्मचारीहरुको दक्षता अभिबृद्धिमा कम्पनीले ध्यान दिनुपर्ने, अन्तर्राष्ट्रिय क्षेत्रमा पुनर्बीमा व्यवसाय विस्तार गर्नुपर्ने? क्रेडिट रेटिङ गरेर अघि बढ्दा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार व्यवसाय गर्न सजिलो हुने बताए ।

कार्यक्रममा सभापति तथा कम्पनीका अध्यक्ष यमलाल भुषालले क्षमता विस्तार, लगानीलाई सबल गर्नुपर्नेछ । जोखिम व्यवस्थापन गर्नुपर्नेछ । दायित्व र जिम्मेवारी दुवै भएकोले आगामी दिनमा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कम्पनीका सिईओ शंकर रायमाझीले नेपाल पुनर्बीमा कम्पनीलाई प्रतिस्पर्धा, प्रविधि, दक्षता आदिमा अन्तर्राष्ट्रिय स्तरको कम्पनीको रुपमा विकास गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार विस्तारको लागि रेटिङ गरिने, अन्तर्राष्ट्रिय स्टाण्डर्डको सफ्टवयेर जडान गरेर अघि बढिनेछ ।’ सिईओ रायमाझीले समयले साथ दिएको अवस्थामा विदेशमा शाखा खोलेर पुनर्बीमा व्यवसाय अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सिईओ राज्यले प्राथमिकिकरण गरेको कृषि, पर्यटन र उद्योगमा लगानी हुन नसकेको बताउँदै सिईओ रायमाझीले आगामी दिनमा अनुभवी कम्पनीसँग मिलेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

७ औं बार्षिकोत्सवको अवसरमा सिईओ रायमाझीले अन्तर्राष्ट्रिय स्तरको व्यवस्थापन र मार्गचित्र बनाएर अघि बढ्ने बताए । बार्षिकोत्सव कार्यक्रममा बीमा समितिले निर्देश गरेको गाईडलाईन अनुसार बक्यौता रकम समयमा उठाउने चुनौति बढेको बताए । उनले आगामी दिनमा क्षमता अभिबृद्धि गर्दै मुनाफा बृद्धि गर्ने प्रतिबद्धता जनाए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS