IME Life
Beema Board

मिथिला लघुवित्तको नाफा २४२ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मिथिला लघुवित्तले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ५७ रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।

अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ४६ लाख २ हजार रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो ।अघिल्लो बर्षको तुलनामा लघुवित्तको नाफा २४२.५२ प्रतिशतले बढेको हो । यता, कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः ३६ दशमलव १३ प्रतिशत र २००.४१ प्रतिशतले बढेको छ ।

Prabhu
Crest

अघिल्लो आ.वमा १ करोड ८८ लाख रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको कम्पनीले यस त्रैमाससम्ममा बढाएर २ करोड ५६ लाख रुपैयाँ पुराएकोे छ ।यस्तै, कम्पनीले सञ्चालन नाफा पनि ७१ लाख ८४ हजार रुपैयाँबाट बढेर २ करोड १५ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिसम्ममा लघुवित्तले ४१ करोड १६ लाख रुपैयाँ निक्षेप संकलन गर्दा १ अर्ब ४५ करोड ५८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
हाल लघुवित्तको चुक्ता पुँजी १२ करोड १७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८ करोड ४५ लाख रुपैयाँ रहेको छ । मिथिलाले यस त्रैमासमा खराब कर्जा पनि घटाउन सफल भएको छ ।

लघुवित्तको प्रतिसेयर आम्दानी ५१ रुपैयाँ ७९ पैसा र प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ४७ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS