IME Life
Beema Board

दाङ तुलसीपुरकी छोरीहरुले जन्मेदेखि खातामा मासिक १०० रुपैयाँ पाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं। दाङको तुलसीपुर उपमहानगरपालिकाले स्मार्ट छोरी योजना अघि सारेको छ ।यो योजनामार्फत गत साउन १ गतेपछि जन्म भएका छोरीका लागि बैंक खातामा रकम जम्मा गरिदिने भएको छ ।

छोरीहरुको आर्थिक र सामाजिक सशक्तिकरणका लागि जन्मेदेखि हरेक महिना एक सय रुपैयाँका दरले बैंक खातामा रकम जम्मा गर्ने गरी कार्यपालिकाको ९५औँ बैठकले कार्यविधि पारित गरेको हो । ‘स्मार्ट छोरी, बिहेवारी २० वर्षपारि’ कार्यविधि पारित गरेसँगै यो लागू हुने भएको छ।

Prabhu
Crest

उपमहानगरपालिकाले २०७७ साउन १ गतेपछि जन्मिएका उपमहानगरपालिकाभित्रका हरेक छोरीहरुको बैंक खातामा रकम जम्मा गर्ने जनाएको छ ।यो सुविधा लिनका लागि छोरी जन्मिएको ३५ दिनभित्रमा अभिभावकले बालिकाको जन्मदर्ता गराएको हुनुपर्ने, बंैकमा खाता खोलेर खाता नम्बर उपमहानगरपालिकालाई उपलब्ध गराउनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

जन्मेको पहिलो महिनामा एक हजार २ सय रुपैयाँ र त्यसपछि हरेक महिना त्त सय रुपैयाँका दरले खातामा रकम जम्मा हुने छ । बालिकाको नाममा खोलेको उक्त खातामा अभिभावकले समेत रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ । बालिका २० वर्ष पुगेपछि एकमुष्टरूपमा मात्रै रकम निकाल्न सकिने प्रावधान रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS