IME Life

बैंक अफ काठमाण्डूको साधारण सभा मंसिर १५ गते, बुक क्लोज मिति तय

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले २६औं वार्षिक साधारण सभा मंसिर १५ गतेआह्वान गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा बैंकको प्रधान कार्यालय, कमलपोखरी, काठमाडौंमा भिडियो कन्फ्रेन्स मार्फत सञ्चालन हुने जनाएको छ ।

सभामा बैंकको असोज १४ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद (कर सहित) गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने एजेण्डा रहेको छ ।

Crest

बैंकले साधारण सभा प्रयोजनका लागि कार्तिक २८ गते, शुक्रबारदेखि मंसिर १५ गते, सोमबारसम्म बैंकको बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, कार्तिक २७ गते, बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS