IME Life

युनाइटेड इदी मर्दी हाइड्रोपावरले कात्तिक २७ गतेदेखि आइपीओ जारी गर्ने

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । युनाइटेड इदी मर्दी हाइड्रोपावरले कात्तिक २७ गतेबाट सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको सेयर पनि थप गरी कुल आठ लाख ७३ हजार ९ सय १० कित्ता शेयर जारी गर्न लागेको हो ।

यसअघि स्थानीयलाई जारी गरेको ४ लाख २० हजार कित्तामध्ये २ लाख ४३ हजार ९१० कित्ता सेयर बिक्री हुन सकेको थिएन ।हाल जारी हुन लागेको कुल सेयरमध्ये ४३ हजार ६९६ कित्ता शेयर म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । यस्तै, कर्मचारीका लागि १७ हजार ४७८ कित्ता शेयर छुट्याइएको छ ।

Crest

बाँकी आठ लाख १२ हजार ७३६ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा मंसिर ३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा सबै शेयर बिक्री नभएमा मंसिर ११ गतेसम्म भर्न सकिनेछ ।

यसमा प्रतिकित्ता १ सय रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आइपीओमा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटलले रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS