IME Life

नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकको साधारण सभा कात्तिक २७ गते, यस्ता छन् प्रस्ताव

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडले कात्तिक २७ गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको चौधौँ वार्षिक साधारण सभाको निर्णय गरेको हो । उक्त सभा बुटवलस्थित क्लब डेनेभो होटल, रूपन्देहीमा दिउँसो १२।३० बजेबाट सुरू हुने जनाएको छ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको २०७५ साल असार मसान्तको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिने एजेण्डा छन्।

Crest

त्यसैगरी सभामा लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिने समेत एजेण्डा रहेको छ । कात्तिक १६ गते गर्ने भनिएको उक्त सभा स्थगित भई अब कात्तिक २७ गते हुन लागेको कम्पनीले जनाएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS