काठमाडौं । सिराहा जिल्लाको लहानमा रहेको एक कवाडी गोदाममा आगोलागी हुँदा २५ लाख भन्दा बढिको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थानीय लहान नगरपालिका–३ स्थित एक कवाडी गोदाममा आज अपरान्ह आगलागी भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
रामनारायण महतो र साबिर मियाँले लाहानमा संयुक्त रुपमा सञ्चालन गरेको सो गोदाममा आगलागी हुनुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगोलागी लहान र गोलबजार नगरपालिका तथा सप्तरीको शम्भुनाथ नगरपालिकाबाट आएका वारुणयन्त्र र नेपाल प्रहरीको सहयोगमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरत थापा क्षेत्रीले जानकारी दिए । घट्नाको बीमा दावी पर्ने नपर्ने स्पष्ट भएको छैन ।