IME Life

एकै दिन ३३०९ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा कूल संक्रमति संख्या एक लाख ८२ हजार पुग्यो

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । बुधबार एकै दिन ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप भएको संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ ।

मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार १ सय ४४ जनाको पीसीआर परीक्षण गरिएकोमा करिब २५ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९ सय ११ रहेको छ भने १ हजार ३ सय ५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

Crest

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ३० जनाको मृत्यु भएको छ । हालसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ हजार ३४ पुगेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS