IME Life
Beema Board

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सभा मंसिर ३ गते, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको दोस्रो वार्षिक साधारण सभा मंसिर ३ गते हुने भएको छ । बैंकको कार्तिक २ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा बैंकको रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा अपरान्ह ४ बजेबाट सुरु हुने जनाएको छ ।

सभामा साधारण शेयर (आइपिओ) निष्कासन गर्ने प्रस्ताव पारित हुनेछ । बैंकले यसअघिको साधारण सभामा पनि आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । तर शेयर निष्कासन कार्यले मुर्त रूप नपाइसकेको हुनाले फेरि पारित गर्न लागिएको बैंकले जनाएको छ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर ९आइपिओ० निष्कासन गर्न लागेको हो ।

Prabhu
Crest

सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, बैंकको २०७७ असार मसान्तको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७र७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिने एजेण्डा रहेको जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS