IME Life

युनाईटेड इदी–मर्दीको आइपीओ बाँडफाँड

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड गरेको छ । कम्पनीले असोज ७ गते बुधबारदेखि कात्तिक ६ गते, बिहीबारसम्म आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्काशन तथा बिक्री खुल्ला गरेको साधारण शेयर बाँडफाँड गरेको जनाएइको छ ।

कम्पनीले रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई बाँडफाँड सम्बन्धी प्रचलित कानुन बमोजिम १ लाख ७६ हजार ९० कित्ता शेयर कार्तिक १७ गते, सोमबार बाँडफाँड गरिएको निष्काशन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

Crest

कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि एक सय रुपैयाँ अंकित दरमा ४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जारी पूँजीको २५ प्रतिशत साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि अनुमति दिएको छ ।

कम्पनीले १० करोड ५० लाख रुपैयाँ बराबरको १० लाख ५० हजार कित्ता आइपिओ निष्काशन गर्नेछ । जसमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि ४ लाख २० हजार कित्ता निष्कासन गर्यो अब दोस्रो चरणमा सर्वसाधारणका लागि ६ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने जनाएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS