IME Life

अमेरिकी राष्ट्रपति निर्वाचनको मत गणना जारी, ट्रम्पले लिए अग्रता

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । अमेरिकीमा हिजो सम्पन्न भएको निर्वाचनको मत गणना जारी छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार बिजय निश्चित भएको आधारमा जोई बाईडेनले अग्रता लिएपनि कूल मत परिणामको आधारमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प बिजयी हुनसक्ने देखिएको छ । फक्सन्यूजका अनुसार २२३ इलेक्ट्रोरल मतका साथ जोन बाईडेनले जित निश्चित बनाएका छन् भने डोनाल्ड ट्रम्प १४८ इलेक्ट्रोरल भोट सहित पछाडि रहेका छन् ।

अमेरिकाको अलास्का र हवालीमा मतदान जारी छ भने नेभाडामा मत गणना सुरु भएको छ । कूल ४७ राज्यमा भइरहेको मत गणनामा १४२ स्थानमा डोनाल्ड ट्रम्पले अग्रता लिँदै जोई बाईडेन १५ इलेक्ट्रोरल भोट भएको मिन्नेसोटा नेब्रास्का मात्रै अग्रता लिएका छन् । अग्रता लिएको आधारमा राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि बिजयी हुने सम्भावना बलियो बन्दै गएको छ । राष्ट्रपति ट्रम्प धेरै स्थानमा अगाडि रहेपनि अमेरिकी सञ्चार माध्यमहरुले भने जोई बाईडेनले अग्रता लिएको समाचार सम्प्रेषण गरिरहेका छन् ।

Crest

अमेरिकी निर्वाचनको मत परिणाम अबको केही घण्टामा घोषणा हुनेछ । राष्ट्रपतिको निर्वाचनमा कडा टक्कर देखिएकोे छ । राष्ट्रपतिको निर्वाचनमा सबैभन्दा धेरै मत भएका क्षेत्रहरु ५५ भोट रहेको क्यालिफोर्नियामा जोई बाईडेन बिजयी भएका छन् भने ३८ भोट भएको टेक्सास ३६ सिट भएको फ्लोरिडामा डोनाल्ड ट्रम्पले अग्रता लिएका छन् । यसअघि ट्रम्पले जितेको न्यूयोर्कमा बाईडेनले जितेका छन् भने २० भोट रहेको पेन्सिलभानियामा ट्रम्पले नै अग्रता लिएका छन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS