IME Life

गुराँस लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रस्तावित लाभांशसहित विविध प्रस्ताव पारित गर्न मंसिर ४ गते साधारणसभा आह्वान गरेको छ ।

साधारणसभाका लागि कम्पनीले कात्तिक २० देखि मंसिर ४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसर्थ लाभांश प्राप्त गर्न र साधारणसभामा भाग लिन कात्तिक १९ गतेभित्र शेयर सुरक्षित गनुपर्ने भ्रएको हो ।

Crest

कम्पनीको कार्तिक ३ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको कम्पनीले जनाएको छ । सभा कम्पनीको प्रधान कार्यालय राज भवन तिनकुने, काठमाडौँमा बिहान १०ः३० बजेबाट सुरु हुने भएको छ ।

सभामा कम्पनीको भाद्र १९ गते बसेको सञ्चालक समितिको बैठकले निर्णय गरेअनुसार आर्थिक वर्ष २०७४/७५ को मुनाफबाट कम्पनीका शेयरधनीहरूलाई १० दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गर्ने र सो बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांश वितरण गरिने विशेष प्रस्ताव रहेको छ ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS