Connect IPS
IME Life

रेल बीमा पोलिसी जारी गर्न ढिलाई, तयारी शून्य

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल सरकारको अग्रसरतामा रेल विभाग गठन भई नेपालले किनेको दुई वटा रेल नेपाल आईसकेको छ । रेल विभागले तिहार लगत्तै रेल सेवा सुरु गर्ने तयारी गरेको छ । तर, नेपालमा सञ्चालन हुने रेल तथा त्यसका यात्रुहरुको बीमा गर्ने सम्बन्धी व्यवस्था नहुँदा अन्योलता बढेको छ । बीमा समितिका अनुसार रेल बीमा सम्बन्धी कुनै तयारी भएको छैन ।

रेल बीमाको मस्यौदा बनाउने, छलफल नहुँदा बीमाकै कारण रेल सेवा सञ्चालनमा ढिलाई हुनसक्ने देखिएको छ । यद्यपि सरोकारवाला निकाय रेल विभागले समेत रेल बीमाको लागि कुनै चासो देखाएको छैन । रेल विभागले चासो नदेखाउँदा बीमा समिति र नेपाल बीमक संघ पनि मौन देखिएका छन् ।

Prabhu
Crest

नेपाल बीमक संघले रेल बीमाको लागि कुनै तयारी तथा छलफल नभएको जनाएकोे छ । संघका सचिव चंकी क्षेत्रीले रेल बीमाबारे कुनै छलफल नभएको बताए । उनले भने, ‘रेल सञ्चालन हुँदासम्म बीमा गर्न सकिन्छ, बीमाकै कारण रेल सञ्चालनमा बाधा पर्दैन ।’

उता, रेल विभागले भने रेल सेवा सञ्चालन हुनुअघि बीमा गर्नुपर्ने विषयबारेमा कुनै छलफल नभएको जनाएको छ । विभागका सूचना अधिकारी अमन चित्रकारले रेल सञ्चालन गर्नुअघि बीमा अनिवार्य भएपनि सो सम्बन्धमा कुनै छलफल नगरिएको बताए ।

नेपालले करिब एक अर्ब रुपैयाँमा खरिद गरेको दुई वटा रेल गत असोज १ गते नै नेपाल आईसकेको छ । नेपाल रेलवे कम्पनीले सञ्चालन गर्ने रेलको नियमन भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको रेल विभागले गर्नेछ । विभागका अनुसार आवश्यक पूर्वाधार निर्माण तथा पूर्व तयारीका कारण रेल सञ्चालनमा ढिलाई भएको हो ।

रेल सञ्चालनको पूर्व तयारी मध्ये बीमा समेत एक हो । बीमा गर्नको लागि बीमा समितिले रेल सम्बन्धी नयाँ बीमा पोलिसी मस्यौदा गरी बीमा समितिको बैठकबाट पारित हुनु पर्दछ । बीमा समितिमा असोजको पहिलो साता रेल बीमा पेलिसी सम्बन्धी सामान्य छलफल भएपनि औपचारिक रुपमा प्रक्रिया अघि बढेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS