काठमाडौं । राजधानी काठमाडौंमा हिजो भएको सवारी दुर्घटनामा दुई बर्षिया बालिकाको मृत्यु भएको छ । सडक पार गर्न लागेको २२ बर्षिया देवी तामाङलाई बा५६प ४४५ नम्वरको स्कुटरले ठक्कर दिएको थियो ।
स्कुटरले ठक्कर दिँदा देवी लड्न पुगिन र उनको काखमा रहेकी दुई बर्षिया छोरी हातबाट फुत्किँदा एनएल०१ एडी ७१९३ नम्बरको ट्रकले कुल्चँदा बालिकाको मृत्यु भएको महानगरीय प्रहरीले जनाएको छ । दुई बर्षिय दीपशिखाको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन् ।
घटनामा बीमा दावी पर्ने भएपनि सो बालिकालाई ठक्कर दिने ट्रक भारतीय भएकोले सो घटनाको नेपालमा बीमा दावी नपर्ने जनाइएको छ । प्रहरीले ठक्कर दिने दुवै सवारी साधन नियन्त्रणमा लिर्ई आवश्यक कानुनी कारवाही भइरहेको जनाएको छ ।