IME Life
Beema Board

निर्जिवन बीमा कम्पनीहरुको पहिलो त्रैमासः एनएलजी र युनाईटेडको प्रगति, नेपाल इन्स्योरेन्स निरन्तर घट्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासको कूल बीमा शुल्कको आधारमा विश्लेषण गर्दा पुरानो कम्पनी युनाईटेड इन्स्योरेन्सले उल्लेख्य प्रगति गर्न सफल भएको छ भने एनएलजी इन्स्योरेन्सले बीमा क्षेत्रका अन्य अग्रणी कम्पनीहरुलाई कडा चुनौति दिने संकेत देखिएको छ ।

चालु आर्थिक वर्षको असोज महिनासम्मको कूल बीमा शुल्कको आधारमा विश्लेषण गर्दा केही वर्षदेखि निकै पछाडि रहेको युनाईटेड इन्स्योरेन्सको बीमा शुल्क आर्जन ५० प्रतिशतभन्दा बढिले बृद्धि भएको छ । एक तह सुधार गर्दै १६ औं स्थापनमा उक्लिन सफल भएको छ ।

Prabhu
Crest

गत आवको पहिलो त्रैमासमा १८ करोड कूल बीमा शुल्क आर्जन गरेको युनाईटेड इन्स्योरेन्सले यस वर्ष सोही अवधीमा बीमा शुल्क आर्जन २७ करोड पुर्याउन सफल भएको छ । त्यस्तै, एनएलजी इन्स्योरेन्सले कोरोना महामारीका बीचमा कूल बीमा शुल्क आर्जन १९ प्रतिशत भन्दा बढिले बृद्धि गर्न सफल भएको छ । गत आवको सोही अवधीमा ४४ करोड कूल बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आवको समीक्षा अवधीमा ५६ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, नेको इन्स्योरेन्सको कूल बीमा शुल्क आम्दानी उल्लेख्य रुपमा बृद्धि भएको छ । गत वर्ष कुल ५६ करोड बीमा शुल्क आम्दानी गरेकोमा चालु आवको प्रथम त्रमासको समीक्षा अवधीमा ६८ करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, दोस्रो र चौथो स्थानमा रहेका सगरमाथा र सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क आर्जन सामान्य अंकले मात्रै बृद्धि भएको छ ।

त्यस्तै प्रभु इन्स्योरेन्सले पनि चालु आवमा उल्लेख्य प्रगति गर्दै १२ औं स्थानबाट तल झरेर ७ औं स्थानमा आईपुगेको छ । चालु आवको प्रथम त्रैमाससम्ममा कूल बीमा शुल्कको आधारमा प्रभु इन्स्योरेन्सले समेत उल्लेख्य प्रगति गरेको छ । गत आवको प्रथम त्रैमासमा २९ करोड बीमा शुल्क संकलन गरेकोमा चालु आवमा ७ करोडले बृद्धि गरी कूल बीमा शुल्क ३६ करोड पुर्याउन सफल भएको छ ।

उता, नेपालको पुरानो तथा ऐतिहासिक बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लगातार खस्किने क्रममा रहेको छ । बीमा समितिको तथ्याङ्क अनुसार गत वर्ष ३३ करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गरी ९ औं स्थानमा रहेको नेपाल इन्स्योरेन्स कम्पनीले यस आवको पहिलो त्रैमासमा कूल बीमा शुल्क १ करोड रुपैयाले घटेर ११ औं स्थानमा पुगेको छ ।

अन्तिममा रहेको सानिमा जनरल इन्स्योरेन्सले गत वर्ष ८ करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेकोमा यस आवको पहिलो त्रैमासमा डेढ गुणाले बृद्धि गरी १२ करोड रुपैयाँ बनाउन सफल भएको छ । त्यस्तै, सबैभन्दा ठूलो कम्पनी शिखरको कूल बीमा शुल्क गत वर्ष ९२ करोड रहेकोमा यस आवको पहिलो त्रैमासमा कोभिडका कारण घटेर ९० करोडमा सीमित भएको छ ।

गत आवको पहिलो त्रैमास

गत आर्थिक वर्ष पहिलो त्रैमास

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS