Connect IPS
IME Life

कोरोना माहामारी फर्किएपछि बेलायतमा पुनः लकडाउन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्वकै सभ्रान्त मुलुक बेलायतमा आजदेखि पु्नः लकडाउन घोषणा गरिएको छ । आजदेखि लागू गरिएको लकडाउनमा अत्यावश्यक खाद्य पदार्थ र पत्रपत्रिका पसल, औषधी पसल मात्रै खुल्ला गर्न अनुमति दिइएको छ ।

बेलायतमा कोरोना भाइरसको महामारी दोहोरिएपछि पुनः लकडाउन घोषणा गरिएको छ । विज्ञहरुले अबको केहिदिनमा बेलायतको दैनिक मृत्युदर चार हजारसम्म पुग्ने चेतावनी दिएपछि प्रधानमन्त्री बोरिस जोन्सनले  चार हप्ता अर्थात एक महिना लामो लकडाउनको घोषणा गरेका छन् । बेलायतका २० जना भन्दा बिज्ञहरुले बेलायतमा नयाँ संक्रमितको दर बृद्धि भई अस्पताल समेत भरिभराऊ हुने र ठूलो संख्यामा मानिसहरुको मृत्यु हुने चेतावनी दिएसँगै बेलायत प्रशासनले सर्वसाधारणलाई बाहिर निस्कन नमिल्ने गरी लकडाउन घोषणा गरेका हुन् ।

Prabhu
Crest

बेलायतमा पुनः लकडाउन घोषणा भएसँगै युरोपका अन्य देशहरुमा समेत लकडाउनको तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहकरुले जनाएका छन् ।

उता, छिमेकी मुलुक भारतमा पनि दैनिक नयाँ संक्रमित घटेको छ । भारतमा दैनिक एक लाख हाराहारीमा नयाँ संक्रमित भेटिने गरेकोमा पहिल्लो पटक दैनिक ५० हजार भन्दा तल नयाँ संक्रमित थपिएका छन् । त्यस्तै नेपालमा पनि कोरोना संक्रमणको अवस्था भयावह बन्दै जाने विज्ञहरुले चेतावनी दिएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS