काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एसके तमोटको कार्यकाल तीन महिना थप गरिएको छ । यही कार्तिक १८ करार अवधी सकिन लागेको तमोटको कार्यकाल तीन महिना थप्ने सञ्चालक समितिको निर्णय अनुसार तमोटको कार्यकाल आगामी माघ १८ गतेसम्म रहने कम्पनीले जनाएको छ । कम्पनीको यही कार्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकबाट टमोटलाई तीन महिना थप गर्ने निर्णय गरेको हो ।
जनरल इन्स्योरेन्स कम्पनीमा सिईओ नियुक्ती प्रक्रिया अघि बढि सकेको छ । सञ्चालक समितिले नयाँ सिईओ नियुक्त गर्न ढिलाई भएकोले टमोटको कार्यकाल तीन महिना थप गरिएको कम्पनीले जनाएको छ । उमेर हदका कारण तमोट सिईओ पदमा नियुक्त हुन सक्दैनन् ।