काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नागरिक लगानी कोषको सेयरमा लिलामी आवेदन दिने आज अन्तिम दिन हो । ईच्छुक आवेदकले आज कार्यालय समयावधि भित्र बोलपत्र पेश गर्न सकिनेछ । कम्पनीले असोज ३० गतेबाट नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । जसमा न्यूनतम १९ सय ७५ रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १ सय कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् ।
कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट रहेको छ भने लगानीकर्ताले प्रिमियर इन्स्योरेन्सको केन्द्रीय कार्यालय नक्साल काठमाडौंबाट पनि आवेदन दिन सक्ने छन् ।