IME Life

लाभांश प्रस्ताव गरेर बुक क्लोज आउँन बाँकी वाणिज्य बैंक मध्ये कुनमा छ धेरै प्रतिफल ?

SPIL
Sanima Reliance
GBIME

काठमान्डौ । हाल सम्म ७ वाणिज्य बैंकले लाभांश प्रस्ताव गरेकोमा माछापुछ्रे बैंकले लाभांश र साधारणसभा प्रयोजनको लागि बुक क्लोज भैसकेको अवस्था छ ।  लाभांश प्रस्ताव गरेर बुक क्लोज आउँन बाँकी ६ वाणिज्य बैंक रहेका छन् । ६ वाणिज्य बैंक मध्ये सानिमा बैंकको बुक क्लोज मिति यही कार्तिक १७ गते तय भएको छ र कार्तिक १६ गते सम्म कायम शेयरधनीले सानिमा बैंकको साधारण सभामा भाग लिन पाउनुको साथै कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्ने छन् । बाँकी ५ वाणिज्य बैंकहरुले भने बुक क्लोज मिति तय गरेका छैनन्।

६ वाणिज्य बैंक मध्य एनआईसी एशिया बैंकले सर्वाधिक १९ प्रतिशत बोनश र १ प्रतिशत नगद गरी जम्मा २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

Crest

लाभांश प्रस्ताव गरेका बैंकहरुको प्रस्तावित लाभांश र कम्पनीको हालको बजार मूल्यलाई आधार मान्दा कुमारी बैंकले प्रस्ताव गरेको लाभांशमा सर्वाधिक प्रतिफल देखिएको छ । कुमारी बैंकको प्रस्तावित १४ प्रतिशत लाभांश र हालको बजार मूल्य २३९ लाई आधार मान्दा कम्पनीको प्रस्तावित लाभांशको अहिलेको बजार मूल्यमा खरिद गर्दाको प्रतिफल ५ दशमलव ८६ प्रतिशत रहेको छ भने दोश्रोमा बैंक अफ काठमाण्डुले १६ प्रतिशत लाभांश प्रस्ताव गरेकोमा हालको बजार मूल्य २८७ लाई आधार मान्दा कम्पनीको प्रस्तावित लाभांशको अहिलेको बजार मूल्यमा खरिदगर्दाको प्रतिफल ५ दशमलव ५७ प्रतिशत रहेको छ।

नोट : कार्तिक १३ को बजार मूल्य, सानिमा बैंकको बुक क्लोज मिति तय भएको 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS