IME Life

दशैं लक्षित बीमा व्यवसायमा सक्रिय बन्दै बीमा अभिकर्ता

SPIL
NIC ASIA

काठमाडौं । यस वर्षको बडा दशैं उत्तराद्र्धमा पुगेको छ । मुख्य आर्थिक गतिविधि सकिएर अब टीका दक्षिणाको चरणमा प्रवेश गरेको छ । बालबालिका तथा महिलाहरुले दक्षिणबाटै हजारौं रुपैयाँ संकलन गर्ने हुँदा बीमा अभिकर्ताहरुलाई भने बीमा पोलिसी नविकरण तथा नयाँ बीमा पोलिसी बिक्री गर्न भ्याई नभ्याई छ ।

सुर्खेतमा रहेर बीमा व्यवसाय गर्दै आएका नेशनल लाईफ इन्स्योरेन्सका चीफ बिजनेश म्यानेजर युबराज बस्नेत दशैं लक्षित व्यवसायमा व्यस्त हुन थालेका बताउँछन् । दशैंपछि बुधबारदेखि सबै बीमा कम्पनीका कार्यालयहरु खुल्ने हुँदा बीमा पोलिसी बिक्री सुरु हुने उनी बताउँछन् । चीफ बिजनेश म्यानेजर बस्नेतले आर्थिक गतिविधि बढेकाले बीमा अभिकर्ताहरु बीमा नविकरण तथा नयाँ बीमा पोलिसी बिक्री गर्न ब्यस्त हुने बताए । उनले भने, ‘यस वर्षको दशैं कोडिभको कारणले गर्दा सुरक्षित तरिकाले मनाउनुपर्ने छ । अभिकर्ताहरु पनि डिजिटल माध्यम र टेलिफोनका माध्यमबाट दशैं लक्षित बीमा व्यवसायमा व्यस्त भएका छौं ।’ असोज महिनामा राम्रै व्यवसाय गरेका अभिकर्ताहरुले दशैंमा समेत सानोदेखि ठूलोसम्मका व्यवसाय गरेको बस्नेत बताउँछन् ।

Prabhu
Crest

नेपाल लाईफ इन्स्योरेन्सका सिनियर एजेन्सी म्यानेजर जीवन केसीले बुधबारदेखि दशैं जारी रहेपनि बीमाको व्यवसाय अघि बढ्ने बताए । दशैंको समयमा हुने आर्थिक गतिविधि बृद्धिसँगै अभिकर्ताहरु बीमा पोलिसी बिक्री गर्न सक्रिय हुने गरेका छन् । बीमाको लागि नगद पैसा आवश्यक पर्ने र दशैंमा आर्थिक गतिविधि धेरै नै हुने हुँदा बीमा अधिकांश बीमा कम्पनीहरुले दशैंमा विभिन्न योजना नै बनाएर अभिकर्ताहरु परिचालन गर्ने गरेका छन् ।

एलआईसी नेपालकी सिनियर एजेन्सी म्यानेजर मिना खड्का कटवालले दशैंमा हुने आर्थिक गतिविधिको मौकामा बचत गराउन बीमा अभिकर्ताहरु सक्रिय हुनु स्वाभाविक भएको बताउँछिन् ।

दशैंको मौकामा कम्पनीहरुले टार्गेट लिएर सक्रिय भएकोले यस वर्षको दशैंमा राम्रै बीमा कारोबार हुने कम्पनीहरुले विश्वास लिएको जनाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS