IME Life

यति एयरलाइन्स चढ्दा, हिमालय एयरलाइन्समा दुबई घुम्न पाइने

SPIL
Sanima Reliance
GBIME

काठमाडौँ । यस वर्षको दशैंको अवसरमा घर जाँदा वा फर्कदा यती एयरलाइन्समार्फत यात्रा गर्दा दुबई घुम्ने मौका पाइने भएको छ । सो कम्पनीले बडादशैँको अवसरमा आफ्ना यात्रुका लागि आकर्षक अफर सार्वजनिक गर्दै यति एयरलाइन्स चढेका यात्रुहरु मध्येबाट काठमाडौं–अबुधावी निःशुल्क टिकट उपलब्ध गराउने जनाएको छ ।

यति एयरलाइन्सको सम्पूर्ण गन्तव्यमा उडान गर्ने यात्रुहरु मध्येबाट पाँच जना भाग्यशाली विजेताले आकर्षक उपहारहरु पाउने कम्पनीले जनाएको छ । पाँच जना बिजेता मध्ये सबैभन्दा ठूलो उपहारको एक जोडीलाई दुबई घुम्ने मौका रहेको यति एयरलाइन्सले बिज्ञप्तिमार्फत जनाएको छ । त्यस्तै, दोस्रो विजेताका एक जोडीका लागि चितवनको कसरा होटलमा बसोबासको व्यवस्था गरिने जनाएको छ । त्यस्तै, पुरस्कार विजेता एक जोडीका लागि काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा बिताउने मौका पाइने कम्पनीले जनाएको छ ।

Crest

यति एयलाइन्सका अनुसार यति एयरलाइन्स चढेका यात्रु मध्येबाट छानिएका विजेता एक जोडीका लागि नोम्याड होटलमा एकरात निःशुल्क बस्ने र खाने सुविधा पाउनेछन्् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS