IME Life

एकै महिनामा ६ लाख ३८ हजार निक्षेपकर्ताको बीमा

SPIL
NIC ASIA

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषमा निक्षेप तथा कर्जाको बीमा संख्या बढेको छ । कोषले उपल्ब्ध गराएको तथ्याङ्क अनुसार साउन महिनामा मात्रै ६ लाख ३८ हजार निक्षेपकर्ताको बीमा गराएको जनाएको छ ।कोषका सिईओ विष्णुबाबु मिश्रले साउन मसान्तसम्ममा निक्षेप बीमाको खाता संख्या बढेको र एक महिनामा ६ लाख ३८ हजार निक्षेपकर्ताको निक्षेप सु्रक्षण गरिएको बताए ।

साउनसम्ममा सबै बैंक तथा वित्तीय संस्थाका २ करोड ६६ लाख ६४ हजार प्राकृतिक व्यक्तिका नाममा रहेको बचत, चल्ती, कल तथा मुद्दती निक्षेपको बीमा गरिएको छ । ती बैंकका वित्तीय संस्थामा जम्मा भएको ७ खर्ब १६ अर्ब भन्दा बढी निक्षेपको बीमा गरिएको कोषले जनाएको छ । कोषले गत असार मसान्तसम्ममा ७२ ओटा बैंक तथा वित्तीय संस्थाका २ करोड ६० लाख खातामा रहेको रकम ६ खर्ब ८९ अर्ब ४९ करोड रुपैयाँ निक्षेप सुरक्षण गरेको थियो ।

Prabhu
Crest

कोषले २०७५ कात्तिकदेखि बैंक तथा वित्तीय संस्थामा बचत तथा मुद्दती खातामा रहेका  ३ लाख रुपैयाँसम्मको निक्षेप जम्मा गर्ने ग्राहकको बीमा (सुरक्षण) सुविधा दिँदै आएको छ ।

त्यसअघि भने २ लाखसम्मको निक्षेप सुरक्षण गरिन्थ्यो । अघिल्लो आबको बजेटमार्फत नेपाल सरकारले निक्षेप बीमाको सीमा बढाएर तीन लाख पुर्याएको हो । नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले बैंकमा प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा एक रुपैयाँदेखि करोडौं रुपैयाँ राखे पनि उनीहरूले ३ लाखसम्म मात्र बीमा सुविधा पाउनेछन् ।

निक्षेपबाहेक कोषले बैंक तथा वित्तीय संस्थामा अधिकतम रू. २ करोडसम्मको साना तथा मझौला (एसएमई) तथा कृषि कर्जा, र अधिकतम  १५ लाख रुपैयाँसम्मको विपन्न वर्ग कर्जा लगायतको सुरक्षण गर्दै आएको छ । कोषले उपलब्ध गराएको तथ्याङ्क अनुसार साथै, ८ लाख ९९ हजार ऋणीको ८० अर्ब रुपैयाँ कर्जा समेत सुरक्षण गरिएको छ । त्यस्तै, साउन मसान्तसम्म्ममा कोषले लघुवित्त तथा विपन्न वर्गका ८ लाख ८२ हजार ऋणीको कर्जा बीमा गरिएको छ । उक्त संख्याको बीमा रकम ६९ अर्ब ३७ करोड रुपैयाँ बराबरको हो ।

सहुलियतपूर्ण कर्जाका १० हजार ८ सय ७३ ऋणीको कर्जा बीमा गरिएको छ । कोषका अनुसार उक्त सङख्याको ५ अर्ब ८६ करोड रुपैयाँ बराबरको बीमा भएको जनाएको छ । यसैगरी कृषिअन्तर्गत ३ हजार ८ सय ९७ जना ऋणीको कर्जा बीमा गरिएको छ । यो कर्जा २ अर्ब ७० करोड रुपैयाँ बराबरको रकम हो । साना तथा मझौला उद्यमअन्तर्गत १ हजार ४ सय १५ जना ऋणीको मात्र कर्जा बीमा भएको छ । कोषका अनुसार उक्त सङख्याको २ अर्ब ४४ करोड रुपैयाँको बीमा भएको जनाएको छ ।

त्यस्तै, पशुधन सुरक्षण कर्जा अन्तर्गत १० हजार ३ सय ३१ जना ऋणीको कर्जा बीमा गरिएको छ । यो कर्जा ६३ करोडको रुपैयाँको बीमा भएको छ । शैक्षिक तथा शैक्षिक बेरोजगार व्यवसाय कर्जा अन्तर्गत ६ जना ऋणीको कर्जा बीमा गरिएको छ भने सो कर्जा मार्फत १५ लाख रुपैयाँ संकलन भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS