३८ वटा कम्पनीले घोषणा गरे लाभांश, कसको कति ?

Citizen Life Insurance Co

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को लागि नेप्सेमा सुचिकृत कम्पनीहरुले धमाधम लाभांश प्रस्ताव गरिरहेका छन् । हालसम्म ३८ वटा कम्पनीहरुले आर्थिक वर्ष २०७६।७७ को लागि लाभांश प्रस्ताव गरिसकेका छन् । बाँकी बैंक तथा वित्तीय संस्थाहरु पनि लाभांश घोषणा गर्ने तयारीमा छन् ।

गत वर्ष भदौमा गत वर्षको कमाइ घोषणा गर्न प्रतिस्पर्धा गरेका कम्पनीहरू यस वर्ष कात्तिक महिना लागिसक्दा पनि ३८ वटा कम्पनीले मात्र लाभांश प्रस्ताव गरेका छन् । विगत वर्षहरूभन्दा यसपटक लाभांश प्रस्ताव गर्ने क्रम कोरोना महामारीको कारण केही ढिलो भएको हो ।
लाभांश वितरण लगानीकर्ताका लागि पाकेको बाली सरह हो । वर्षभरिको कमाइ भित्र्याउने बेला पनि हो । कम्पनीहरुले घोषणा गरेको लाभांश नियामक निकायको अनुमति अनि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछिमात्र लगानीकर्तामा वितरण हुने गर्दछ ।

आर्थिक वर्ष २०७६।७७ मा आर्जित मुनाफाबाट लाभांश घोषणा गरेका कम्पनीहरुमध्ये १६ वटा म्युचअल फण्ड रहेका छन् । सात वटा क्यापिटल मार्केट कम्पनी, पाँच वटा लघुवित्त वित्तीय संस्था रहेका छन् । त्यस्तै, ६ वटा वाणिज्य बैंक रहेका छन् भने बहुराष्ट्रिय कम्पनी युुनिलिभर नेपाल, नेपाल ल्यूव, शिवम् सिमेन्ट र केयर रेटिङ नेपालले पनि लाभांश घोषणा गरिसकेको छ ।

हालसम्म लाभांश प्रस्ताव गरेका कम्पनीहरुमध्ये सबैभन्दा धेरै युनिलिभर नेपालले एक सय प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । त्यस्तै, माछापुच्छ्रे बैंकले ७ दशमलव ३ प्रतिशत बोनश शेयर र ३ दशमलव ३७ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंक अफ काठमाडूूले १३ प्रतिशत बोन र ३ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

लाभांश घोषणा गरेका ६ वटा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै एनआइसी एशिया बैंकले बोन शेयर र उक्त बोनमा लाग्ने कर प्रयोजनका लागि समेत गरी क’ल २० प्रतिशत लाभांश दिने जनाएको छ । लाभांश घोषणा गरेका लघुवित्त वित्तीय संस्थामध्ये सबैभन्दा धेरै समता लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत बोनश शेयर र ६ दशमलव ३२ प्रतिशत नगद लाभांश गरी कुल २६ दशमलव ३२ प्रतिशत लाभांश दिने प्रसताव गरेको छ । हालसम्म कुनै पनि विकास बैंकले आर्थिक वर्ष २०७६र७७ को लागि लाभांश प्रस्ताव गरेका छैनन् । त्यस्तै बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ्कनमा हुने ढिलाईका कारण साधारणसभा र लाभांश घोषणामा ढिलाई हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार