IME Life

बीमा किन गर्ने ? यस्ता छन् फाइदा

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा किन गर्ने भन्ने एक महत्वपूर्ण सवाल अझै पनि नेपाली समाजमा प्रशस्त भेटिन्छन् । बीमालाई धेरै मानिसले बुझेका छैनन्, बुझनेले पनि गलत रुपमा बुझेको पाइन्छ । अझै पनि बीमालार्ई जुवाको रूपमा बुझ्नेहरू पनि छन् ।

तर बीमा कम्पनीहरु यी हुन्, बीमा कम्पनीहरू नेपालको बीमा ऐन तथा कम्पनी ऐनअनुसार स्थापित हुन्छन् र तिनलाई सरकारको स्वायत्त नियमनकारी निकाय बीमा समितिले नियमन, अनुगमन र नियन्त्रण गर्ने गर्दछ । कम्पनी पैसा लिएर भाग्न सक्दैन । यी कम्पनीहरु भरपर्दो र विश्वासिला हुन्छन् । बीमा कम्पनी आफैंले पनि पुःन बीमा गरेको हुन्छ । जसका कारण प्राकृतिक प्राकोप लगायत दुर्घटनामा कम्पनी परे के हुन्छ की भन्ने चिन्ता लिनुपर्दैन ।

Prabhu
Crest

बीमा जोखिम व्यवथापनको एक महत्वपूर्ण औजार हो । बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रक्रिया नै बीमा हो । मानविय समाजमा विपत्ति, जोखिमका अनेकौँ सम्भावनाहरु जहि तहि रहेका हुन्छन् । जुन विपत्ति, जोखिम अहिले, आज, भरे, भोलि जतिखेर पनि हन सक्छ । अथवा दुर्घना अनिश्चित हुन्छ । जोखिम वा आपत विपद कति बेला आउँछ कसैलाई थाहा हुदैन् । त्यसैले पनि बीमा सबै र सधैका लागि अपरिहार्य नै मानिन्छ ।

अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्न उपयुक्त माध्यम भनेको बीमा हो । अनिश्चित जोखिम, दुघर्टनाले ग्रसित भएका व्यक्ति वा संस्थाले आफ्नो जोखिम अनुरुप निश्चित बीमा शुल्क बुझाई घटना भएमा क्षतिपूर्ति प्राप्त गर्ने शर्त सहित बीमा योजना खरिद गर्न सक्छन् । बीमा दुई पक्ष बीचमा हुने लिखित सम्झौता पनि हो ।

बीमा गर्दा बीमा कम्पनी र बीमा गर्ने व्यक्तिका बीचमा गरिने सम्झौता हो । यस प्रक्रियामा बीमितको जोखिमको क्षतिपूर्तिको भार बीमाको माध्यमबाट बीमकमा हस्तान्तरण गरिन्छ । बीमा निश्चित अवधिका लागी गरिन्छ । उक्त अवधिमा विमितको क्षति भएको कम्पनीले क्षतिपूर्ति भुक्तानी गर्छन् ।

यस्ता छन् बीमाका फाइदा

बचत गर्न प्रोत्साहन: जीवन बीमाले मानिसलाई रकम बचत गराउन प्रोत्साहन गर्छ । खाइ–नखाई कमाएको सम्पत्तिको संरक्षण गर्न र पछि हुनसक्ने दुर्घटनाबाट बच्न आफू सचेत हुन प्रोत्साहन गर्छ । बैंकमा जम्मा गरिएको रकमलाई सानोतिनो काम पर्दा निकाल्न सकिन्छ तर बीमा कम्पनीमा जम्मा गरेको रकम अवधि पूरा नहुन्जेलसम्म झिक्न नपाइने भएकोले रकम बचत भइरहनुका साथै बोनशको रूपमा ब्याज बढिरहने भएकोले बीमा गर्दा बचतको लागि प्रोत्साहन मिल्छ ।

जोखिम न्यूनीकरण हुन्छ: जीवन बीमा मानिसको जीवनमा हुने जोखिम विरुद्ध गरिन्छ । जीवनमा जुनसुकै बेला जे पनि हुन सक्छ । बीमा गर्दा बीमकलाई जोखिम हस्तान्तरण हुने हुँदा विपत्ति पछिको आर्थिक नोक्सानको भरपाई पाईन्छ ।

भविष्यको आर्थिक सुरक्षा:  जीवन बीमा आफैंमा एक लामो करार हो । कुनै निश्चित समय निर्धारण गरी बीमित पक्षले त्यो अवधिसम्म किस्ता तिर्नुपर्छ र अन्त्यमा बोनससहित भूक्तानी पाउँछ, जसले गर्दा भविष्य सुनिश्चित हुन्छ ।

बीमितको मृत्युपछि आर्थिक संकटमा राहत :  हाम्रो जस्तो मुलुकमा यसको महत्व अझै बढी देखिन्छ । कतिपय परिवारको आयस्रोतको बाटो भनेकै एउटा व्यक्ति मात्र हुन्छ । कुनै कारणले निजको मृत्यु भयो भने उसको घरपरिवार संकटमा पर्ने अवस्था हुन्छ । तर, उसले जीवन बीमा गरेको छ भने उसको मृत्युपछि पनि उसका परिवारले बीमालेख अनुसारको रकम प्राप्त गर्दछ । यसले गर्दा परिवारलाई ठूलो आर्थिक सहायता मिल्छ । बीमा कम्पनीबाट प्राप्त रकमले परिवार आफ्नो जीविका चलाउन सक्छ ।

आयकरमा छूट:  बीमा गर्दा तिरेको बीमाशुल्कमा आफ्नो कुल आयबाट घटाएर बाँकी रकममा मात्र आय कर लाग्छ । २० हजार रुपैयाँसम्मको आयमा आयकर छूट प्राप्त हुने हुँदा बीमितले त्यहाँबाट पनि लाभ लिन सक्छन् ।

बुढेसकाल तथा शारीरिक अशक्त हुँदाको साथी:  निश्चित अवधिसम्म बीमा प्रिमियम तिरेर त्यसपछि निश्चित समयसम्म पेन्सन सरह आम्दानी लिन सक्ने योजना पनि छन् । यस्तो बीमा गरेमा बुढेसकाल र अप्ठ्यारो परिस्थितिमा पनि आर्थिक अभाव हुँदैन ।

सम्पत्ति धितो विना ऋण पाइने:  जीवन बीमा गर्दा बीमितले अन्य कुनै सम्पत्ति नभई बीमा पोलिसी नै धितो राखी ऋण प्राप्त गर्न सक्छन् । बीमा प्रारम्भ भएको २ वर्षपछि बीमकले आफूले तिरेको बीमाको ९० प्रतिशतसम्म ऋण लिन सक्छ, जसले अप्ठ्यारो परिस्थितिलाई सहज बनाउन सकिन्छ । ऋण लिई बीमितले कुनै व्यवसाय शुरू गरी लाभ लिन सक्छ ।

सामाजिक प्रतिष्ठामा वृद्धि:  बीमा गर्ने मानिसको समाजमा छुट्टै प्रकारको प्रतिष्ठा हुन्छ किनकी बीमा गर्ने मानिस निश्चिन्त र ढुक्क हुन्छ । भविष्यप्रति विभिन्न प्रकारका प्रलेख बीमा गराएर उ ढुक्क भएको हुन्छ र वृद्ध अवस्थामा पनि आनन्दले दिन बिताउन सक्छ ।

शिक्षा, दिक्षा र विवाहको व्यवस्था: आफ्ना छोराछोरीलाई शिक्षादिक्षाको व्यवस्था गराउनका साथै विवाहको प्रवन्ध मिलाउनको निम्ति ठूलो खर्च आईलाग्ने भएकोले बाबु–आमालाई यसको बोझ हल्का गराउन बीमामा संरक्षित रकमको अनुपातमा कर्जाको व्यवस्था हुन्छ । छोराछोरीको उच्च शिक्षा अथवा विदेश गएर पढ्न चाहानालाई यसले ठूलो सहयोग गर्छ । अथवा विवाह– ब्रतबन्ध, कुनै सांस्कृतिक कार्यक्रम गर्नका लागि पनि यसले ठूलो मद्दत गर्छ ।

लाभदायक लगानी: जीवन बीमा जीवन सुरक्षाको उपाय साथै यो एक प्रकारको लगानी पनि हो। तोकिएको समयभन्दा अगाडि नै बीमा गर्ने मानिसको मृत्यु भएमा उसले इच्छाएको व्यक्ति वा आश्रित परिवारलाई एकमुष्ट रकम प्रदान गर्छ। यो रकम मूल बीमा रकम र त्यसको सो अवधिमा पाकेको ब्याजसहित कम्पनीले फर्काइदिन्छ । यो रकमलाई कुनै लाभदायक काममा लगाउन सकिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

79%

खुसी

3%

दु :खी

3%

अचम्मित

10%

उत्साहित

3%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS