IME Life

दशैंमा दक्षिणाको उपयोगः बीमा पोलिसी खरिद, बालबालिकाको भविष्य सुनिश्चित

SPIL
NIC ASIA

काठमाडौं । दशै नेपालीहरुको महान चार्डपर्व हो । दशैमा ठूलाबडाको हातबाट टीका लगाएर आशिष र दक्षिणा लिने प्रचलन पुखौंदेखि चलिआएको चलन हो । दशै भन्ने वित्तिकै झन साना साना बाबु नानीहरु हर्षित हुने गर्दछन् । किनकि दशैमा मान्यजनको हातबाट सानालाई टिका लगाएर दक्षिणा दिने प्रचलन रहेको छ । साथै दशैमा नयाँ नयाँ कपडा र मिठो मिठो भोजन गर्ने प्रचलन रहेको कारण पनि होला बच्चाहरु धेरै खुशी हुने गरेको देखिन्छ ।

हिन्दु परम्पराबाट अभिप्रेरित नेपाली समाजमा दशैंलाई विशेष रूपमा मनाइँदै आएको पाइन्छ । साथै, पछिल्लो समय टीका लगाएर दक्षिणा दिने परिपाटीको झन विकास भएको पाइन्छ, जसअनुसार सीमित वर्ग र समुदाय बाहेकका बालबालिकाले दशैंमा उच्च परिमाणमा दक्षिणा सङ्कलन गर्दछन् । तर, यसरी अतिरिक्त रूपमा आउने पैसा अनावश्यक क्षेत्रमा खर्च भइरहेको देखिन्छ । यही पैसालाई संकलन गरी बालबालिकाको लागि राम्रो बीमा पोलिसी खरिद गरिदिने हो भने भविष्यमा बालबालिकाको शैक्षिक क्षेत्रमा सहयोग ह’ने थियो ।

Prabhu
Crest

बीमा गर्दा प्रत्येक दशैंमा दक्षिणामार्फत जम्मा हुने रकमले बीमाशुल्क भुक्तानीमा पनि सहज हुन सक्दछ । १५ वर्षे बीमा अवधिमा ६ देखि ७ हजारसम्म वार्षिक बीमाशल्क बुझाउँदा १ लाख रुपैयाँ बीमांक बराबरको बीमा गर्न सकिन्छ । उक्त बीमाको समयावधि सकिएपछि बोनस सहित करीब २ लाख रुपैयाँ कम्पनीले बीमितलाई प्रदान गर्छ ।

यता, पैसा बचत पनि भयो भने उता भविष्य सुनिश्चत पनि हुने भयो । उक्त रकमले उच्च शिक्षालगायत आधारभूत आवश्यकता परिपूर्तिमा समेत सघाउन मद्दत गर्ने गर्दछ । त्यसकारण दशैमा जम्मा भएको रकमलाई सही ठाउँमा लगानी गर्न सकियो भने बालबालिकाको भविष्य उज्जवल हुनेछ ।

आज बच्चाले सानै उमेरबाट दशैमा पाउने दक्षिणा बचत गरी बीमा गर्यो भने भोलि त्यो बालबालिकालाई उच्च शिक्षा पढ्नमा सहयोग हुन्छ । भोलि बालबालिका ठुलो भएपछि विविध कारणवश अभिभावकसँग उच्च शिक्षा पढाउने खर्च नहुन सक्छ । त्यसैले आजै बालबालिकाकै थोरै पैसा जोहो गरी सानै उमेरबाट बालबालिकाको बीमा गर्न सकियो भने अभावकै कारण उनीहरू शिक्षाबाटै वञ्चित हुनुपर्ने अवस्था पनि निम्तन सक्छ । त्यसैले, भविष्यमा हुन सक्ने त्यस्ता जोखीम घटाउन अभिभावकले बच्चाको शैक्षिक बीमा गरिदिन सबैभन्दा राम्रो र सुरक्षित बचत हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS