IME Life

दशैमा फजुल खर्च कटौती गरी जीवन बीमा गरौ

SPIL
NIC ASIA

काठमाडौं । नेपालीहरुको महान पर्व दशै, दशै सकिएगत्तै तिहार पनि आउँदैछ । सबै चार्डपर्वहरुको सिजन लागिसकेको छ । दशैं पर्वलाई नेपालीहरुले धुमधामका साथ मनाउने गर्दछन् । नेपालीहरुले यस पर्वलाई खुशीयाली साट्ने, मिठो मिठो बनाएर खाने, धेरै र देखावटी खर्च गर्ने प्रवृत्ति पनि रहेको छ । यति मात्र कहाँ हो र ? महङ्गाका कपडा, गरगहना साथै, नयाँ बस्तु खरिद गर्ने र आफ्न्तसँग भेटघाटमा विलासी खर्च गर्ने प्रचलन पनि हाम्रो नेपाली समाजमा बढ्दै गएको छ ।

हामी सबैलाई अवगत भएको कुरा नै हो, जोखिम भनेको बाजा बजाएर आउदैन । सबैलाई थाहा नै छ २०७२ साल बैशाख १२ गते ११ः५५ मा ७.९ रेक्टरस्केलको बिनाशकारी भुकम्प आयो सबैलाई रुवाएर गयो । सबै मानिसको गाँस, बास र कपास जस्ता आधारभुत तत्वहरुलाई नै तहसनहस बनाएर गयो । अहिले पनि त्यस्तै, ठुलो आतंक मच्चाउने भाइरसले मानव जगतलाई नै घेरिरहेको छ । त्यसकारण दशैमा विलासी र फजुल खर्च साथै आएको दक्षिणालाई सही ठाउँमा लगानी गरी राम्रो बीमा पोलीसी खरिद गरी आफु र आफ्नो परिवारको भविष्यलाई धरासयीबाट टाढा राख्न सकिन्छ ।

Prabhu
Crest

दशैँमा आफूभन्दा ठूलासँग टीका लगाएर आशिर्वादसँगै दक्षिणा पनि दिने चलन छ, तर त्यो दक्षिणा वा पैसालाई हामिले यत्तिकै सकाउछौँ । खाएर, सामान किनेर सबै पैसा सक्ने परम्परा रहेको छ । दक्षिणाबाट आएको पैसा फजँुल खर्च गरेर सक्नु भन्दा र दशैमा विलासी खर्च र देखावटी धन्दालाई कम गरी जीवन बीमा गर्ने हो भने भविषयमा आउन सक्ने जोखिमको भारलाई कम गर्न सकिन्छ । त्यस्तै, आफ्न्तबाट दशैँमा दक्षिणा वापत पाएको पैसा र केही रकम थप गरेर बीमा गर्ने हो भने भविष्यमा भैपरि आउने जोखिम लाई सामना गर्न सजिलो हुन्छ ।

दशैमा पाँच दिन महङगो लुगा लगाएर, ठुलो खसी काटेर, विलासी खर्च गर्नु भोलिको भविष्यलाई सुनिश्चत पार्नु होर ? त्यसकारण यी सबै खर्चमा कटौती गरेर भोलिको भविष्यका लागि केही जोहो गर्नु नै उत्तम हुनेछ ।

बीमा जोखिम हस्तान्तरण गर्ने एक माध्यम हो । बीमा जोखिम हस्तान्तरणको एक करार पनि हो । अनिश्चित जोखिम बीमा कम्पनीहरुमा हस्तान्तरण गरी बीमितिले क्षतिपूर्ति प्राप्त गर्ने माध्यम नै बीमा हो । बीमा भनेको आर्थिक नोक्सान हुँदा दिईने क्षतिपुर्तिको ग्यारेन्टी हो । भविष्यमा भैपरि आउने जोखिम लाई बीमकमा हस्तान्तरण गर्नु नै बीमा हो । पछिल्लो समय बीमाको महत्व दिनानुदिन बढ्दै छ । हाम्रो जीवनको एक अतिआवश्यक पक्ष नै भइसकेको छ बीमा मानविय जीवनमा जोखिम कत्ति बेला आउने हो पत्तै हुँदन् । जोखिम अनिश्चित रुपमा हुने गर्दछ । बीमा बचतको एक पाटो पनि हो ।

विभिन्न बीमा कम्पनीहरुमा विभिन्न प्रकारका बीमा पोलिसिहरु रहेका छन् । आफ्नो आम्दानी र मलाई यो चाहिँ बीमा पोलिसी ठिक हुन्छ भन्ने सोच बनाएर बीमा पोलिसी खरिद गर्न सकिन्छ । दशैँमा दक्षिणा वापत पाएको पैसाले त नपुग्ला तर पनि यो रकमले बीमा गर्नमा भने एकदमै ठुलो राहत दिने गर्दछ । त्यसकारण दशै तिहार जस्ता चार्डवार्डमा गर्ने ठुलो र विलासी खर्चलाई केही हदसम्म कम गरी बीमा गर्ने गरौ बीमा एक किसिमको बचत पनि भएकाले तपाईको भविष्यमा आई पर्न सक्ने ठुला जोखिमको भारलाई कम गर्न भने पक्कै सहयोग गर्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS