IME Life

सामुदायिक लघुवित्तको नाफा घट्यो

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । सामुदायिक लघुवित्तले चालु आर्थिक वर्ष २०७७÷७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । पहिलो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको नाफा घटेको छ ।

चालु आ.व पहिलो त्रैमासमा संस्थाले ११ लाख २० हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिमा ५४ लाख ८३ हजार रुपैयाँले थोरै हो ।

Crest

गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ६६ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । वित्तीय विवरण अनुसार यस अवधिमा संस्थाले २ करोड ७८ लाख ९५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ गत आर्थिक वर्षको सोहि अवधिमा संस्थाको खुद व्याज आम्दानी दुई करोड ११ लाख ५० हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा लघुवित्तको चुक्ता पूँजी १३ करोड २० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा पाँच करोड ७२ लाख रुपैयाँ रहेको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ४० पैसा र प्रतिशेयर नेटवर्थ १ सय ४३ रुपैयाँ ३६ पैसा रहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS