IME Life

आर्थिक बर्षको दोस्रो महिनामा वस्तु निर्यात १०%ले बढ्यो, आयात २२%ले घट्यो

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा कुल वस्तु निर्यात १० दशमलव ५ प्रतिशतले वृद्धि भई २० अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २५ दशमलव ९ प्रतिशतले वृद्धि भएको थियो । नेपाल राष्ट्र बैंकले वुधवार सार्वजनिक विवरणले यस्तो देखाएको हो ।

गन्तव्यका आधारमा भारततर्फ १८ दशमलव ७ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्फ क्रमशः ५४ दशमलव ९ प्रतिशत र २ दशमलव ९ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा आयुर्वेदिकऔषधी, चाउचाउ, जडिबुटी, जुटका सामान, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जुस, लत्ताकपडा, जस्तापाता लगायतका वस्तुको निर्यात घटेको छ ।

Prabhu
Crest

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा कुल वस्तु आयात २२ दशमलव १ प्रतिशतले घटेर १ खर्ब ७८ अर्ब ८५ करोड रुपैयाँमा कायम भएको छ ।अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ दशमलव २ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुककाआधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६ दशमलव ५ प्रतिशत, ४० दशमलव १ प्रतिशत र २३ दशमलव ६ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, कोइला लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, तयारी पोशाक, कच्चा पाम तेल लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ वीरगञ्ज, भैरहवा, विराटनगर, नेपालगञ्ज, मेची, कृष्णनगर र कैलाली भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ नेपालगञ्ज, कृष्णनगर र कैलाली भन्सार कार्यालय बाहेकका नाकाबाटभएको आयातमा ह्रास आएको छ ।

आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा वस्तु व्यापार घाटामा सुधार आएको छ । यस्तोघाटामा २४ दशमलव९ प्रतिशतले कमी आई १५८ अर्ब ४० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३ दशमलव १ प्रतिशतलेह्रास आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११ दशमलव ४ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८ दशमलव १ प्रतिशत रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS