Connect IPS
IME Life

नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचन तालिका सार्वजनिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आगामी मंसिर १३ गते हुने कार्यकारिणी समितिको निर्वाचन तालिका आज प्रकाशित गरेको छ । साधारणसभा तथा निर्वाचन तालिका अनुसार ५४ औँ वार्षिक साधारण सभा मंसिर ११ र १२ गते डिजिटल माध्यमबाट हुने छ भने निर्वाचन प्रत्यक्ष रुपमा मंसिर १३ गते हुनेछ ।

महासंघले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार मंसिर ४ गते उम्मेदवारहरुको मनोनयन पत्र दाखिला, मंसिर ८ गते साँझ ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन, मंसिर १३ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान र मतदान समाप्त भएपछि मतगणना गर्ने र मतगणना समाप्त भएपछि निर्वाचन नतिजाको घोषणा हुनेछ ।

Prabhu
Crest

आज प्रकाशित सूचना अुनसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन, मतदान, मतगणना र निर्वाचनको नतिजाको घोषणा सम्बन्धी कार्य निर्वाचन समितिले तोकिएको स्थान राष्ट्रिय प्रज्ञा प्रतिष्ठान(प्रज्ञा भवन कमलादी), कार्की ब्याङ्क्वेट (बबरमहल) र महासंघ कार्यालय(टेकु, काठमाडौँ) मा छुट्टाछुट्टै रुपमा सञ्चालन हुनेछ ।

महासंघको साधारणसभापछि वर्तमान बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अध्यक्षको कार्यभार सम्हाल्नेछन् । महासंघको विहान अनुसार बरिष्ठ उपाध्याक्ष नै अध्यक्ष बन्ने व्यवस्था छ । साथै बरिष्ठ उपाध्यक्षको लागि किशोर प्रधान र चन्द्र प्रसाद ढकालको दुई वटा प्यानल चुनावी मैदानमा छ । प्रधान समुहबाट अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र सौरभ ज्योति उपाध्यक्षको उम्मेदवार छन् । ढकाल समुहबाट भने उमेशलाल श्रेष्ठ, गुणनीधि तिवारी र रामचन्द्र सांघाई उपाध्यक्षको उम्मेदवार बन्ने चर्चाछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS