IME Life

दुई लाख रुपैयाँ नभए कोरोनाका बिरामी भर्ना नगर्ने अस्पतलाको निर्णय

SPIL
NIC ASIA

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय गरेसँगै अस्पतालहरुले सूचना जारी गरेर पैसा नलिई कोरोना संक्रमितको उपचार नगर्ने घोषणा गर्न थालेका छन् । साथै कतिपय अस्पतालहरुले कोरोना भाइरसबाट संक्रमितहरु भर्ना हुनु परेमा महंगो शुल्क लाग्ने सूचना सार्वजनिक गरिसकेका छन् । कोरोना भाइरसका संक्रमितहरुलाई सरकारले उपचार शुल्क लिने निर्णय गरेसँगै सरकारी अस्पतालहरुले समेत महंगो शुल्क लिन थालेका छन् ।

यसैबीच राजधानी नजिकैको सरकारी स्वामित्वमा सञ्चालित धुलिखेल अस्पतालले कोरोना संक्रमित बिरामी अस्पतालमा ल्याउनु पूर्व कम्तीमा ५० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म डिपोजिट राख्नुपर्ने सूचना जारी गरेको छ ।

Prabhu
Crest

धुलिखेल अस्पतालले हिजो जारी गरेको सूचनामा सामान्य लक्षण भएका बिरामीको लागि दैनिक ३५०० शुल्क र न्यूनतम ५० हजार रुपैयाँ धरौटी राख्नुपर्ने, मध्यम लक्षण भएकालाई दैनिक ७५०० उपचार शुल्क र न्यूनतम एक लाख रुपैयाँ धरौटी राख्नुपर्ने र पुरै लक्षण देखिएका बिरामीहरुलाई दैनिक १५ हजार रुपैयाँ उपचार शुल्क र न्यूनतम दुई लाख रुपैयाँ धरौटी राख्नुपर्ने सूचना जारी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS