IME Life

दुई कम्पनीले ऋणपत्र निष्काशन गर्नका लागि बोर्डमा दिए निवेदन

SPIL
NIC ASIA

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेका छन् ।

मञ्जुश्री फाइनान्स लिमिटेडले ऋणपत्र निष्काशन गर्ने अनुमति माग्दै असोज २१ गते बुधबार सेबोनमा निवेदन पेश गरेको छ । फाइनान्सले ८ वर्ष अवधिको लागि ५० करोड रुपैयाँ बराबरको ‘९.५ प्रतिशत, ८ वर्ष मञ्जुश्री फाइनान्स लिमिटेड डिबेन्चर २०८५’ नाम गरेको ५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न निवेदन पेश गरेको छ ।

Prabhu
Crest

जसमध्ये फाइनान्सले सर्वसाधारणका लागि २ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ३ लाख कित्ता बिक्री गर्नेछ । उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने अनुमति माग्दै असोज २२ गते बिहीबार सेबोनमा निवेदन पेश गरेको हो । बैंकले १० वर्ष अवधिको लागि२ अर्ब २० करोड रुपैयाँ बराबरको ‘९ प्रतिशत ब्याजदरमा १० वर्ष सेञ्चुरी डिबेन्चर २०८७’ नाम गरेको २२ लाख कित्ता ऋणपत्र निष्काशन गर्न निवेदन पेश गरेको छ ।

जसमध्ये बैंकले सर्वसाधारणका लागि ८ लाख ८० हजार कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १३ लाख २० हजार कित्ता बिक्री गर्ने जनाएको छ । उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS