काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाका ३७०० भन्दा बढि कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको नेपाल बैंकर्स संघले जनाएको छ । बैंकर्स संघले एक सूचना जारी गर्दै दशैं अवधीको पाँच दिन कुनै पनि बैंकका शाखाहरु नखुल्ने प्रष्ट पारेको छ ।
संघद्वारा जारी सूचना अनुसार आगामी कार्तिक ७ गते शुक्रबारदेखि नै बैंकका सबै शाखा कार्यालयहरु बन्द हुनेछन् । र दशैं सकिएपछि कार्तिक १२ गतेदेखि मात्रै बैंकका शाखा कार्यालयहरु नियमित सुचारु हुनेछन् । नेपाल बैकर्स संघले कोरोना भाइरसको महामारीका कारण बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमा ठूलो असर परेको भन्दै शाखा कोभिडकै कारण शाखा कार्यालयहरु नियमित सञ्चालन गर्न नसकिने जनाएको छ ।
यसअघि नेपालका बैंकहरुले दशैंको टीकाको दिनमा समेत सेवा दिँदै आएका थिए । यस पटक भने कोरोना भाइरसको कारण सेवा दिन नसकिएको संघले जनाएको छ ।