IME Life

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ल्यायो दशैं, तिहार लक्षित उपहार योजना

SPIL
NIC ASIA

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले नेपालीहरुको महान चाड दशैं र तिहारलाई लक्षित गरी विभिन्न उपहार योजना ल्याएको छ । ‘यसपालीको दशै तिहारलाई डिजिटल बनाऔं, स्मार्ट बनौं’ नाराका साथ बैंकले नयाँ ग्राहकलाई प्रोत्साहन गर्न पहिलोपटक रजिष्टर भई मोबाइल बैकिङ्ग एपबाट कारोबार गर्ने दुई भाग्यशाली ग्राहकहरुलाई १/१ थान स्मार्ट फोन प्रदान गर्ने भएको छ ।

त्यस्तै शाइन रेसुङ्गा बैंकको मोबाइल एपमार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने ५ जना भाग्यशाली ग्राहकहरुलाई १/१ थान स्मार्ट फोन प्रदान गरिने जनाएको छ ।

Prabhu
Crest

यी दुबै उपहार योजना कार्तिक १ देखि मंसिर ५ सम्म लागू हुने बैंकले जनाएको छ । दशै टिका विशेष उपहार योजना अन्तर्गत टिकाको दिन शाइन रेसुङ्गा बैंकको मोबाइल एपमार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने १ जना भाग्यशाली ग्राहकलाई १ थान स्मार्ट फोन कार्तिक १० गते प्रदान गरिने योजना रहेकोसमेत बैकले बताएको छ ।

यी सबै उपहार योजनामा बैंकका ६९ वटा शाखाका ४ लाख बढी ग्राहक सहभागी हुन पाउने र गोलाप्रथाबाट भाग्यशालीले उपहार प्राप्त गर्ने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS