SKIP THIS

IK Anniversary
IME Life

गुराँस लाइफको एजिएम मंसिर ४ गते, लाभांश पारित मुख्य एजेण्डा, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो दशौँ वार्षिक साधारण सभा मंसिर ४ गते बिहीबार गर्ने भएको छ । कम्पनीको कार्तिक ३ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको कम्पनीले जनाउको छ । सभा कम्पनीको प्रधान कार्यालय राज भवन तिनकुने, काठमाडौँमा बिहान १०ः३० बजेबाट सुरु हुने कम्पनीले बताएको छ ।

सभामा कम्पनीको भाद्र १९ गते बसेको सञ्चालक समितिको बैठकले निर्णय गरेअनुसार आर्थिक वर्ष २०७४/७५ को मुनाफबाट कम्पनीका शेयरधनीहरूलाई १० दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गर्ने र सो बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांश वितरण गरिने विशेष प्रस्ताव रहेको छ ।

Prabhu
Crest

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ ।

त्यस्तै, सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कार्तिक २० गतेबाट मंसिर ४ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्नेछ । त्यसैले, कार्तिक १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS