IME Life

दशैंमा पनि लगेनन् कर्जा, बैंकरहरु दवावमा, अझै बढ्यो तरलता

SPIL
NIC ASIA

काठमाडौं । कोरोना महामारीका कारण बैंकमा थुप्रिएको तरलता दशैंमा समेत ऋण प्रवाह नबढेपछि बैंकहरु चिन्तित देखिएका छन् । कर्जा उपभोग हुने सिजनमा समेत बैंकबाट खासै ठूलो मात्रामा कर्जा नगएपछि बैंकहरु लगानीको क्षेत्र साँघुरिएको भन्दै चिन्तित बनेका छन् ।

असोज महिनाको अन्तिम सातामात्र वाणिज्य बैंकहरुले ६९ अर्ब रुपैयाँले ऋण प्रवाह गरेपनि निक्षेपको तुलनामा कर्जा अझै न्यून हुन पुगेको छ । असोजको अन्तिम साता बैंकहरुले ७१ अर्ब रुपैयाँ निक्षेप संकलन भएपछि यसअघि तरलताको कूल आकार थप बृद्धि भएको छ ।
केन्द्रीय बैंकका अनुसार तरलता घट्नुको साटो पछिल्लो साता दुई अर्ब रुपैयाँले बृद्धि भएको छ । नेपालका बैंकहरुमा अहिले पनि ३०० अर्बभन्दा माथि तरलता छ । गत वर्ष ७९ प्रतिशत हुने सिसिडी रेसियो ७५ पुग्न सकेको छैन भने ठूलो रकम बैंकरहरु भने चिन्तामा फसेका छन् ।

Prabhu
Crest

राष्ट्र बैंकका अनुसार असोज ३० गतेको कूल कर्जा प्रवाह २९ खर्ब ४१ अर्ब रुपैयाँमा छ । जबकी सोही दिनसम्मको निक्षेप संकलन भने ३० खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप संकलन छ ।

यसैगरी, असोज २३ गतेसम्ममा २९ खर्ब ६४ अर्ब निक्षेप संकलन गरेका २७ वाणिज्य बैंकले असोज ३० गतेसम्म ३६ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

दशैंको समयमा विशेष छुट सहित कर्जा दिन खोज्दा समेत प्रवाह नभएको बैंकहरुको गुनासो छ । बैंकमा निक्षेप परिचालन नभएसँगै ब्याजदर अझै घट्ने अनुमान गरिएको छ । ब्याजदर घट्दा बीमा कम्पनीहरुमा प्रत्यक्ष असर पर्न जान्छ । बैंकको ब्याजदर धेरै घटेमा बीमा कम्पनीहरुको आम्दानी घट्न गई बोनस प्रभावित हुनेछ । बोनस घट्ना बीमितले पाउने लाभ घट्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS