IME Life

फर्स्ट माइक्रोफाइनान्सको अधिकांश सूचकमा प्रगति, यस्तो देखियो प्रथम त्रैमास

SPIL
NIC ASIA

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालुआर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थाले २ करोड ९७ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आथिृक वपर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा २८ लाख ७८ हजार रुपैयाँले धेरै हो । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले २ करोड ६८ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

८७ करोड ६८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको संस्थाको जगेडा कोषमा १६ करोड ६० लाख रुपैयाँ संञ्चिती रहेको छ ।

Prabhu
Crest

यस अवधिमा संस्थाले ५ करोड २७ लाख ५७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको खुद ब्याज आम्दानी १ करोड २ लाख ७७ हजार रूपैयाँले बढी हो ।

त्यस्तै, संस्थाको पहिलो त्रैमासमा सञ्चालन मुनाफा ४८ लाख १२ हजार रुपैयाँले बढेर ४ करोड ७१ लाख ६८ हजार रुपैयाँ पुगेको छ ।

पहिलो त्रैमासमा संस्थाको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५६ पैसा र प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ९४ पैसा रहेको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS