IME Life

कोरोना बीमाको भुक्तानी गर्न बाँकी रकम डेढ अर्ब नाघ्यो, बीमा पुलमा १५ हजार जनाको लाईन

SPIL
NIC ASIA

काठमाडौं । कोरोना बीमाको संक्रमण फैलँदै जाँदा कोरोना बीमा पोलिसीमाथिको दावी भुक्तानी ह्वात्तै बढेको छ । अनौपचारिक तथ्याङ्क अनुसार कोरोना बीमाको दावी भुक्तानी गर्न बाँकी रकम डेढ अर्ब नाघेको छ । बीमा कम्पनीहरुले कोरोना बीमा बापतको भुक्तानी समयमा नगर्दा बीमा पुलमा दावी भुक्तानीको लागि लाइन लाग्नेको संख्या १५ हजार नाघेको छ ।

बीमा पुल र राष्ट्रिय बीमा कम्पनीबाट प्राप्त तथ्याङ्क अनुसार कोरोना बीमाको हालसम्म एक अर्ब ७० करोडभन्दा बढिको कोरोना बीमा दावी परेको छ । राष्ट्रिय बीमा कम्पनीमा मात्रै एक अर्ब बीमा दावी परेको छ । सो कम्पनीमा प्रहरी, सरकारी कर्मचारी सहित १० जना बीमा दावी भुक्तानीको लागि लाईनमा छन् । त्यस्तै, बाँकी कम्पनीमा ७२ करोडभन्दा बढि दावी बक्यौता छ । अन्य कम्पनीमा करिब पाँच हजार जनाले कोरोना बीमाको दावी भुक्तानीको लागि आवेदन दिएका छन् ।

Prabhu
Crest

कोरोना बीमा पुलमा हालसम्म १५ हजार भन्दा बढि दावी भुक्तानीको लाईन लागेको छ । विश्वभरि फैलिएको कोरोना भाइरस महामारीबाट जनतालाई राहत दिन बीमा समितिले सामाजिक उत्तर दायित्व अन्तर्गत कोरोना पोलिसी बिक्री सुरु गरेको थियो । एक लाख रुपैयाँ बीमाङ्कको लागि सामूहिक।पारिवारिक ६०० रुपैयाँ बीमा शुल्क तोकिएको कोरोना बीमाकै कारण बीमा कम्पनीहरु तथा नेपाल पुनर्बीमा कम्पनी समेत अप्ठेरोमा पर्न सक्ने भन्दै त्रसित छन् । बीमा समितिले भने साढे तीन अर्बभन्दा माथिको दायित्व सरकारले व्यहोर्ने जनाउँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS