IME Life

उदयपुरस्थित भदौरेमा स्कारपिओ दुर्घटना, पाँच जनाको मृत्यु

SPIL
NIC ASIA

काठमाडौं । गएराति ओखलढुंगातर्फ जाँदै गएको एक स्कारपिओ जिप दुर्घटना हुँदा पाँच जनाको घट्नास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भिर घाइते भएका छन् । घट्नामा लाखौं रुपैयाँको बीमा दावी पर्ने देखिएको छ । उदयपुरको सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी नगरपालिका– १४ भदौरेमा भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा२०च ७१७१ स्कारपिओ सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटनामा परेको हो ।

घटनामा पाँच जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । साथै तीनजना गम्भिर घाइते भएको ओखलढुंगा प्रहरीले जनाएको छ । तीव्र गतिमा कुदिरहेको गाडी शनिबार राति ११ः५५ बजे सडकबाट खसेर दुर्घटनामा परेको हो । मृतकहरु दुई जनाको मात्रै सनाखत भएको छ । तीन जनाको सनाखत हुन बाँकी छ । ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । गम्भिर घाइतेलाई कटारी अस्पताल हुँदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि पठाइएको छ ।

Prabhu
Crest

दुर्घटनामा लाखौं रुपैयाँको बीमा दावी पर्ने देखिएको छ । स्कारपिओ गाडी पूर्ण रुपमा नष्ट भएकोले बीमा गरेको भए सो को समेत र तेस्रो पक्ष बीमा मात्रै ३० लाख भन्दा बढिको दावी पर्ने देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS