माछापुच्छ्रे बैंकको साधारण सभा स्थगित, यस्तो छ कारण

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २२औंं वार्षिक साधारण सभा स्थगित भएको छ । बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकले कोरोना संक्रमण बढेको र आउँदा चाडपर्वको कारण शेयरधनीहरूलाई साधारण सभामा भाग लिन कठिनाई हुने परिस्थितिलाई मध्यनजर गर्दै उक्त सभा स्थगित गरिएको बैंकले जनाएको छ ।

अब अर्को सूचना प्रकाशित नभएसम्मका लागि सभा स्थगित गरिएको बैंकले एक सुचना जारी गर्दै जानकारी दिएको छ ।

बैंकको सभामा सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार हाल कायम चुक्ता पूँजीको ७ दशमलव ०३ प्रतिशत अर्थात ५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँ बराबरको बोनस शेयर र ३ दशमलव ७३ प्रतिशत अर्थात २८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँ बराबरको नगद लाभांश (बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव  थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार