IME Life

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनौट प्रक्रिया अन्तिम चरणमा

SPIL
NIC ASIA

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा आवेदन दिएका आठ जनासँग लोकसेवा आयोगले प्रस्तुती र अन्तर्वार्ता लिएको छ । लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा आजदेखि अन्तर्वार्ता सुरु भएको छ । तीन दिन प्रस्तुतीकरण सकिएपछि आजदेखि अन्तर्वार्ता लिन सुरु गरेको हो । भोलि अन्तर्वार्ता सकिएपछि अन्तिम ३ जनाको सूचि सार्वजनिक हुनेछ । सोही ३ जना मध्येबाट स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त हुनेछन् ।

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि नाम सिफारिस गर्न मन्त्रालयद्धारा गठित सर्च कमिटिले गत असोज ११ गते आइतबार अपरान्ह ५ बजेसम्म आठ जनाको अन्तिम नामावली तयार पारेको थियो । खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक चयन गर्न मन्त्रालयले गत २७ भदौमा १५ दिनको अवधी दिएर दरखास्त आव्हान गरेकोमा थियो । सो अवधी शनिबार नै पुरा भएपनि विदाको दिन परेकोले आइतवार अपरान्ह ५ बजेसम्मका लागि तोकेर आवेदन लिइएको थियो । सोही दिन अन्तिम सूचि तयार गरेको हो ।

Prabhu
Crest

बोर्डको कार्यकारी निर्देशक हुन स्वास्थ्य तथा बीमा क्षेत्रका व्यक्तिहरुले आवेदन दिएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS