प्रभु लाइफ इन्स्योरेन्सको आईपीओले कति पायो रेटिङ ?

Citizen Life Insurance Co

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न रेटिङ गराएको छ । इन्स्योरेन्सको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आईआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ ।

कम्पनीले १ सय रुपैयाँ अंकित दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ जारी गर्न लागेको हो । कम्पनीको आइपीओ निष्काशन तथा बिक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

कम्पनीले आइपीओका निष्काशनको लागि बोर्डमा आवेदन दिईसकेको छ । नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर स्वीकृति पाएपछि आइपीओ खुला प्रक्रिया सुरु हुने कम्पनीले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार