IME Life

कोरोना फर्किएपछि बेलायतमा पुनः लकडाउनको घोषणा

SPIL
NIC ASIA

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार तीन तहको लकडाउनको घोषणा गरेका छन् । कोभिड–१९ संक्रमितहरुको संख्या बढ्दै गएपछि बेलायत सरकारले पुनः लकडाउन घोषणा गरेको हो ।

पछिल्लो समय युरोपमा कोरोनाको दोस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । बेलायतमा पछिल्लो साता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि पुनः लकडाउन लगाउने घोषणा गरिएको हो । यद्यपि लकडाउन विगतमा जस्तो राष्ट्रव्यापी नगरी बर्गीकरणको आधारमा क, ख र ग गरी तीन अवस्थामा फरक फरक लकडाउन सुरु गरिएको छ ।

Prabhu
Crest

सोमबार ब्रिटिस संसद् हाउस अफ कमन्समा बोल्दै प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना संक्रमणको जोखिम र संक्रमण दरका आधारमा मध्यम, उच्च र अति उच्च (टियर वान, टु एण्ड थ्री) गरी तीन तहको लकडाउन लागू गरिने घोषणा गरिएको जानकारी दिएका छन् । प्रधानमन्त्री जोन्सनले यसअघि जस्तो राष्ट्रव्यापी रुपमा लकडाउन भने नहुने उनले प्रष्टयाएका छन् । मध्यम जोखिम भएका ठाउँमा हाल जारी ‘रुल अफ सिक्स’ अर्थात् बाहिर र घरभित्र ६ जनासम्म भेला हुन पाइन्छ भने पब, बार तथा रेस्टुरेन्टहरु राति १० बजेभित्र बन्द गरिसक्नुपर्नेछ ।

नयाँ व्यवस्था अनुसार आफ्नो परिवारका मानिस बाहेक भेटघाटमा प्रतिबन्ध लगाइएको छ । कोरोना भाइरसको संक्रमण कम भएको ठाउँमा भने बढिमा छ जनासम्म भेटवार्ता गर्न अनुमति दिइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS