Connect IPS
IME Life

कोरोना बीमाको दावी भुक्तानी फास्ट ट्रयाकबाट गर्ने तयारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लामो समयदेखि रोकिएको कोरोना बीमाको दावी भुक्तानी फास्ट ट्रयाकबाट गर्ने तयारी गरिएको छ । कोरोना बीमाको दावी भुक्तानी ७१ करोडभन्दा बढि भइरहेको छ । ठूलो रकम दावी भुक्तानी गर्न बाँकी रहेपछि बीमा पुलमार्फत फास्ट ट्रयाक बिधिबाट कोरोना बीमाको दावी भुक्तानी गर्न लागिएको नेपाल बीमक संघले जनाएको छ ।

नेपाल बीमक संघका सचिव चंकी क्षेत्रीले सिष्टम बन्दै गरेकोले दावी भुक्तानीमा ढिलाई भएको र अब तीव्र गतिमा भुक्तानी हुने बताउँछन् । बीमा समितिका अनुसार कोरोना भाइरस संक्रमितको नाम तथा विवरण स्वास्थ्य मन्त्रालयबाट प्रमाणित गरेर मात्रै दावी भुक्तानी गर्ने गरी सिष्टम बनाउँदा समय लागेको हो । बीमा समितिले स्रोतले भन्यो, ‘यसै साताबाट नतिजा देखिने गरी भुक्तानी हुन्छ ।’ बीमा समितिमा कोरोना बीमाको संक्रमण भएका कारण पनि थप ढिलाई भएको हो ।

Prabhu
Crest

बीमक संघ, बीमा समिति र स्वास्थ्य मन्त्रालयबीचमा समन्वय स्थापना गर्न ढिलाई भएकोमा अब तीव्र गतिमा भुक्तानी गर्ने गरी काम भइरहेको बीमक संघको भनाई छ । नेपाल बीमक संघले केही दिन पहिले बक्तव्य निकालेर कोरोना बीमाको दावी भुक्तानीमा ढिलाई भएको जनाएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS