Connect IPS
IME Life

भारत कोरोनाले भयावह बन्दा नेपालमा तनाव, काठमाडौंको अवस्था नाजुक बन्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । छिमेकी मुलुक भारत कोरोना भाइरसको कारण भयावह बन्दै गर्दा नेपालमा तनाव बढ्दै गएको छ । भारतमा कोरोना संक्रमितको संख्या ७० लाख नजिक पुगेपछि नेपालमा समेत छिमेकी मुलुकमा प्रभाव पर्ने भन्दै तनाव बढ्न थालेको छ । भारतमा कोरोना नियन्त्रणमा आउनुको सट्टा झन् झन् बढ्दै गएकोले यहाँको पनि अवस्था भयावह बन्न सक्ने भन्दै दिनदिनै तनाव बढ्दै गएको छ ।

भारत अबको १५ दिनपछि विश्वकै सबैभन्दा खराब र बढि कोरोना संक्रमित देशमा पर्दैछ । अहिले अमेरिका विश्वको सबैभन्दा बढि कोरोना संक्रमित देश हो । अमेरिकामा ७८ लाख मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । अमेरिकामा दुई लाख १७ हजार ७३८ जनाले ज्यान गुमाएकोमा भारतमा मृत्यु हुनेको संख्या एक लाख छ हजार ५२१ पुगेको छ । कोरोना भाइरसबाट भारतमा मात्रै ६९ लाख भन्दा बढि मानिस संक्रमति भएका छन् । कोरोना भइरसको संक्रमण फैलिन नदिन सुरुका दिनमा लकडाउन गरेको भारतले गत जेठ देखि नै खुकुलो पार्दै अहिले पूर्ण रुपमा खुल्ला जस्तै भएको छ । अनुशासनमा बस्न नसक्ने भारतीयका कारण त्यहाँ ठूलो क्षति हुनसक्ने चेतावनी जनस्वास्थ्यकर्मीहरुले दिइरहेका छन् । पछिल्लो पटक युरोपमा कोरोना भाइरसको दोस्रो वेभ आउनसक्ने चेतावनी दिइरहेका बेला भारतमा कोरोना भाइरस नियन्त्रणबाहिर गइरहेको छ ।

Prabhu
Crest

भारतमा कोरोना भाइरसको संक्रमणदर केही घटेको तथा मृत्युदर स्थिर रहेपनि दक्षिण एसियामा चिसो मौषम सुरु हुँदैछ । अहिले हावा हुरीका कारण संक्रमित व्यक्तिहरुको शरीरमा भाइरस लोड धेरै नभएकोले मानवीय क्षति नभएको र अबको छ महिना यस क्षेत्रमा चिसो बढ्ने हुँदा कोरोना भाइरसको संक्रमण झनै तीव्र बन्ने अनुमान गरिएको छ ।

छिमेकी मुलुकमा कोरोना भुसको आगो झै सल्कदै गर्दा राजधानी काठमाडौं पनि डरलाग्दो अवस्थातर्फ अघि बढेको छ । काठमाडौं उपत्यकामा एकै दिन दुई हजार ५४० जना संक्रमित एकै दिन थपिएका छन् । कूल सक्रिय संक्रमित मध्ये आधा भन्दा बढि राजधानीमै रहेको अवस्थामा उपत्यकाको तीन वटै जिल्लामा कोरोना भाइरस स्थानीय स्तरमा फैलन सक्ने देखिएको छ । सोही कारण पनि राजधानी उपत्यका कोरोना भाइरसबाट असुरक्षित बन्दै गएको पाइएको छ । नजिकिँदो दशैंका कारण राजधानी काठमाडौंमा किनमेलका लागि मानिसहरु धेरै आउने हुँदा अबको १५ दिन थप चुनौतिपूर्ण बन्ने र काठमाडौंबाट आसपासका जिल्लाहरुमा समेत संक्रमण फैलिन सक्ने देखिएको छ ।

स्मरणरहोस्, कोरोना र कोरोना जस्तै महामारीको बीमा हुँदैन । महामारी, महाभुकम्प जस्ता प्रकोप बीमाको अपवाद हुन् । नेपालमा भने बीमा समितिले हचुवाको भरमा सुरु गरेको कोरोना बीमाको दावी भुक्तानी दिन नसक्ने अवस्थामा पुगेका छन् । कोरोना बीमाको दावी भुक्तानी करिब ६० करोड रुपैयाँ बक्यौता छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS