IME Life

एनआईसी एशिया बैंकद्धारा दुर्घटना बीमा वापत १० लाख रुपैयाँ बीमा रकम हस्तान्तरण

SPIL
NIC ASIA

काठमाडौं । एनआईसी एशिया बैंकले दुर्घटना बीमा वापतको बीमा दाबी भुक्तानी गरेको छ । बैंकले न्यू सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत दुर्घटना बीमा वापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको हो ।

बैंकको गोपीगन्ज शाखा कार्यालयमा न्यू सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका नवलपरासी (पश्चिम) जिल्लास्थित प्रतापपुर निवासी राजकुमार शर्माको दुर्घटना पश्चात् मृत्युपछि बैंकले उनको परिवारलाई उक्त बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । बैंकले एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा रकम भुक्तानी गरेको हो ।

Prabhu
Crest

यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख रुपैयाँ, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख रुपैयाँ र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत १ लाख रुपैयाँ (अस्पताल भर्नामा ८० हजार रुपैयाँ र बहिरंग उपचारमा २० हजार रुपैयाँसँगै विभिन्न निःशुल्क सुविधाहरू समेत ग्राहकले पाउन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS