Connect IPS
IME Life

सरकारको भन्योः काठमाडौं उपत्यका कोरोना जोखिममा पर्यो आफै सचेत रहनु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल सरकारका प्रबक्ता तथा परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले राजधानी काठमाडौं कोरोना भाइरसको उच्च जोखिममा परेकोले सर्वसाधारण आफैले सचेतता अपनाउन आग्रह गरेका छन् । आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रबक्ता ज्ञवालीले राजधानी काठमाडौंको अवस्था नियन्त्रण बाहिर जानसक्ने चेतावनी दिएका छन् ।

मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री ज्ञवालीले राजधानी काठमाडौंमा कोरोनाको उच्च जोखिममा रहेकोले सर्वसाधारण आफैलाई सचेत हुन आग्रह गरेका छन् ।

Prabhu
Crest

प्रबक्ता ज्ञवालीले भने, ‘अन्य जिल्लामा नियन्त्रण उन्मुख हुँदै गएपनि काठमाडौं उपत्यका उच्च जोखिममा छ ।’ पछिल्लो समयमा नेपालमा भेटिएका आधा संक्रमित राजधानी काठमाडौं उपत्यकाभित्रै छन् । ४० लाख मानिसको घनाबस्ती रहेको उपत्यकामा कोरोना भाइरसको संक्रमण नियन्त्रण बाहिर गएमा ठूलो क्षति हुने चेतावनी दिँदै सर्वसाधारण आफैलाई सचेत हुन आग्रह गरेका हुन् ।

नेपालमा कोरोना भाइरसको संक्रमण दर दैनिक रुपमा बढिरहेको छ । सिंगो देशको तुलनामा राजधानीमा बढि संक्रमित छन् । चारैतिर पहाडले घेरिएको सानो खाल्डोमा दिनानुदिन बढिरहेको कोरोना संक्रमितको संख्यासँगै कोरोना महामारीको त्रास बढिरहेको छ । हालसम्म ९० हजार ८१४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ५६३ जनाको मृत्यु भइसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS