काठमाडौं । नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको चौधौँ वार्षिक साधारण सभा कार्तिक १६ गते गर्ने निर्णय गरेको छ ।
उक्त सभा बुटवलस्थित क्लब डेनेभो होटल, रूपन्देहीमा दिउँसो १२ः३० बजेबाट सुरू हुने कम्पनीले जनाएको छ ।
सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको २०७५ साल असार मसान्तको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गर्ने प्रस्ताव रहेको छ ।
सभामा लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिने एजेण्डा पनि रहेको छ ।