IME Life
Beema Board

सानिमा जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आइपीओ निष्काशन विक्री खुला

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आज असोज २१ गते देखि प्रति कित्ता एक सयको दरले ३० लाख कित्ता साधारण शेयर आईपीओ निस्काशन विक्री खुला गरेको छ । कम्पनीले ३० करोड बराबरको साधारण शेयर निस्काशन गर्दैछ ।

Prabhu
Crest

उक्त ३० लाख कित्तामध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता साधारण शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत शेयर अर्थात १ लाख ५० हजार कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ। अब सर्वसाधारणहरुलाई २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरिएको छ । लगानीकर्ताले न्युनतम १० कित्तामा आवेदन दिन सक्ने छन् ।

आईपीओ आज असोज २१ गते देखि असोज २५ गते सम्म विक्री खुला हुनेछ । यदि असोज २५ गते सम्मपनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा कार्तिक ६ गते सम्म समय थपिने छ । तर विगतको माहोल हेर्दा असोज २५ गते नै आईपीओ बन्द हुने छ ।

उक्त साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्युनतम १० कित्ता देखि अधिकतम १००० कित्ता सम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल काठमाडौं, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि(आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS